सुर्खेतमा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगायो

सुर्खेत, ११ असोज ।
नेकपा माओवादी केन्द्रले सुर्खेतमा उम्मेदवार टुंगो लगाएको छ । बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।
माओवादीले प्रतिनिधिसभाका लागि क्षेत्र न १ मा ठम्मर विष्ट र २ मा नरबहादुर विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ठम्मर दोस्रो संविधानसभामा पनि क्षेत्र न १ बाट उम्मेदवार थिए भने नरबहादुर पहिलो संविधानसभाको निर्वानमा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । भने दोस्रो संविधान सभा चुनावमा पराजीत भएका थिए ।
प्रदेशसभाका लागि क्षेत्र नं १ मा जयबहादुर डाँगी, २ मा जीतबहादुर राना, ३ मा गणेश भण्डारी र ४ मा विन्दमान विष्टलाई माओवादीले उम्मेदवार बनाएको छ ।
राना राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रीय उपाध्यक्ष, भण्डारी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष हुन ।

प्रकाशित मितिः ११ आश्विन २०७४, बुधबार १६:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *