सुर्खेत, १७ असोज ।
नेपाल तरुणदल सुर्खेतका क्षेत्रीय सचिब नबराज ढकाल लगायत पाँच जना माथी साघातिक आक्रमणसहित लुटपाट भएको छ । बीरेन्द्रनगरदेखि बिबाहका लागि पन्चपुरी नगरपालिका जाने क्रममा खम्बागाड नजिकै उनीहरुमाथी साघातिक आक्रमण गरि लुट्पाट गरिएको हो ।
आक्रमणबाट सचिव ढकालसहित ओमप्रकाश ढकाल, लोक प्रसाद चपाई , शिबराज ढकाल, प्रकाश ढकाल घाइते भएका हुन । घाइते सबैको क्षेत्रीय अस्पताल कालागाउमा उपचार भैरहेको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले बताए । घाइते सबैलाई टाउको ,हात खुट्टामा चोट लागेको छ ।घरेलु हतियार सहित लुट्पाट गर्ने उदेश्यले खम्बागाड जगलमा बसेका पन्च्पुरी नगरपालिका ८ का सन्तोश खड्का, हेमन्त रावत ,नेत्र कार्र्की र देव बहादुर रावतले आक्रमणगरि लुट्पाट गरेको क्षेत्रीय सचिब नबराज ढकालले बताए । बिच जगलमा हतियार देखाएर लुट्न खोज्दा समान्य बिबाद भयो,एक्कासि हामीमाथी आक्रमण गर्न थाले हतियार सहित आक्रमण गरेपछि हामी भागेर इलाका प्रहरी कार्यालय पुगेर ज्यान बचाउन सफल भयौ, घाईते ढकालले भने,।
यसैबीच घट्नाको निन्दा गर्दै नेपाल तरुणदल सुर्खेतका अध्यक्ष हरि बिष्टले आक्रमण गर्ने हेमन्त रावत सहित अन्यलाई तत्काल प्रकाउ गरि करवाही गर्न प्रहरीलाई आग्रह गरेका छन । पट्क पटक तरुण दलका साथीहरुमाथी नियोजित रुपमा आक्रमण भैरहेको छ, हामी सम्यम भयका छौ ,न्याय मागिरहेका छौ , अब पनि दोषीहरु लाई कारवाही नभए नेपाल तरुणदल चुप लगेर नबस्ने उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणकारीको खोजिकार्य भइरहेको जनाएको छ । सबै फरार भएका छ्न उनिहरुलाई खोजी गरि तत्काल पक्राउ गरिने समेत प्रहरीले बताएको छ । सोही ठाँउमा केही दिन अघि हेमन्त रावतकै टोलिले आक्रमण गर्दा पनि दुईजना गम्भीर घाइते भएका छन । उनिहरुको लखनउमा उपचार भैरहेको समेत प्रहरीले बताएको छ ।