विमा रकम हस्तान्तरण

सुर्खेत, २० मंसिर ।
बस दुर्घटनामा परी ज्यान गुमाउनु भएका सुर्खेत लाटिकोइलीका पारस तिवारीको मृत्युपछिको विमा रकम नेशनल लाइफ इन्सोरेन्सले परिवारलाई हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्सोरेन्सले तिवारीेले गरेको जीवन बीमाको रकम परिवारलाई हस्तान्तरण गरेको हो ।
इन्सोरेन्सका सुर्खेत शाखाका प्रमुख बलबहादुर सिजापतिले तिवारीकी श्रीमती धनसरा तिवारीलाई बीमा रकम १० लाख ३० हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गर्नु भएको छ ।


तिवारीले २०७४ भदौ २० गते सावधिक जीवन वीमा ५ लाखको वीमा गरि १ वर्षको किस्ता वापत रकम रु.३६,८९५ जम्मा गर्नु भएको नेशनल लाइफ इन्सोरेन्सले जनाएको छ ।
उहाँले वीमा गरेको ६६ दिनपछि सुर्खेत वाट दैलेखको यात्रा गर्ने क्रममा दैलेखको गुराँस गाउपालिकाको वडा नं. ४ सियाकोटमा २०७४ कार्तिक २४ गते भएको वस दुर्घटनामा परि ज्यान गुमाउनु भयो ।
उहाँको मृत्यू पश्चात उहाँकी श्रीमती धनसराले २०७४ मंसिर १३ गते मृत्यू दाविका लागि सुर्खेत शाखामा कागजात पेश गरेको ७ दिनमै विमा रकम हस्पतान्तरण गरिएको शाख प्रमुख सिजापतिले वताउनु भयो ।

प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार ०९:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *