सुर्खेत, २७ मंसिर ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ क का नवनिर्वाचित सांसद यामलाल कँडेलले धन्यवाद ज्ञापन गरेका छन । यहि मंसिर १ं० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन् । ‘निर्वाचन मार्फत एक शताब्दी लामो राजनीतिक संक्रमणकाल मुलभूत रुपमा अन्त्य भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस अवसरमा सम्पूर्ण सुर्खेतवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’
विज्ञप्तिमार्फत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लामा आफुलगायत वामगठबन्धनका सबै उम्मेदवारलाई विजयी बनाएकोमा मतदाताहरुप्रति धन्यवाद ज्ञापन गरेका हुन् ।
लामो राजनीतिक अधिकारका लडाई पुरा गरि विकास र आर्थिक सम्मृद्धिको यात्रामा अघि बढेको भन्दै उनले विज्ञप्तिमार्फत भौगोलिक रुपमा ठूलो भएपनि गरिबि, अभाव र असमानता रहेको प्रदेश नं ६ को विकास र संबृद्धि नै अव हाम्रो मुख्य कार्यभार भएको उल्लेख गरेका छन् । ।