रक्तदान तथा रक्त समुह परिक्षण

सुर्खेत, १५ पुष ।
स्थापनादेखि नै सामाजिक सेवामा क्रियाशिल लाइन्स क्लव अफ सुर्खेत सेरोफेरो र लियो क्लव अफ सुर्खेत सेरोफेरोले सुर्खेतको पिपिराचोकमा रक्तदान तथा रक्त समुह परिक्षण कार्यक्रम गरेका छन ।
बीरेन्द्रनगर नगरपालिका वडा न ११ वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको सहकार्य तथा रेडक्रस उपशाखा जवुर्टाको समुन्वयमा कार्यक्रम भएको हो ।


कार्यक्रममा २ सय ६ जनाको रक्त समुह परिक्षण गरिएको र १० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।विरामीहरुको लागि रगतको माग भएको वेला सजिलो होस भन्ने उदेश्यले रक्त समुह परिक्षण गरिएको पनि उहाँले वताउनु भयो ।


कार्यक्रममा वडा न ११ का वडाध्यक्ष नन्दलाल शर्माले क्लवले गरेको सामाजिक कामको उच्च प्रशंसा गदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।


नेपाल रेडक्रस सुर्खेत शाखाका सभापति रामलाल आचार्यले लाइन्स क्लवहरुले समाज सेवामा उल्लेखनिय काम गरेको वताउनु भयो ।
यस्तै लाइन्स क्लवका जोन चियर पर्सन हरिहर वस्नेतले स्थापना देखि नै लाइन्स क्लवहरुले सामाजिक क्षेत्रमा राम्रो काम गदै आएको उल्लेख गर्नुभयो ।


क्लवमा अध्यक्ष युवराज पौडेलले स्थापना भएको छोटो समयमै क्लवले धेरै सामाजिक कामहरु गरेको उल्लेख गदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने वताउनु भयो ।

प्रकाशित मितिः १५ पुष २०७४, शनिबार १६:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *