पूर्वगृहमन्त्री खड्कालाई मातृशोक

सुर्खेत, १४ माघ ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ । खड्काकी आमा मायादेवी खड्काको ९४ वर्षको उमेरमा वीरेन्द्रनगर ७ इत्रामस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।


स्वर्गिय खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँका उनका चार छोरा र ६ छोरीहरु हुनुहुन्छ । खड्का चार भाई छोरा मध्ये डाक्टर डम्वर खड्का मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट बिष्णु खड्का मध्यपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष हुनुहुन्छ ।
खड्काको निधनप्रति नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।

प्रकाशित मितिः १४ माघ २०७४, आईतवार २०:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *