विकासका नाममा जनप्रतिनिधीको बलमिच्याइँ

जाजरकोट, २२ फागुन ।
जाजरकोटको नलगाड नगरपालिका –२ डाँडाँगाउँका जनप्रतिनिधिले मनपरी ढंगले काम गरेको पाइएको छ । ग्रामीण क्षेत्रमा गरिने सडक निर्माणलगायत विकासका काममा उनीहरुले मनपरी गरेको पाइएको हो । वडाध्यक्षले बलमिच्याइँपूर्वक ‘डिजाईन’ विपरीत सडक खनेपछि सामुदायिक वन मासिएको सर्वसाधारणले गुनासो गरेका छन ।
तत्कालिन जिल्ला विकास समितिका प्राविधिकले ‘डिजाईन’ गरेको ठाउँबाट नलिएर जनप्रतिनिधीले मनपरी ढंगले सडक खनेकोले सामुदायिक वन मासिएको स्थानीयले बताएका छन । जनताको विरोध हुदैहुदै मनपरी रुपमा पटक/पटक सडक खनेर अहिलेसम्म ४२ लाख रुपैया खर्च गरिएको बताएको छ । ‘डिजाईन’ अनुसार सडक निर्माण गर्नु आफुहरुले बारम्वार आग्रह गरेपनि स्थानीय जनप्रतिनिधीले वेवास्था गदै आएको स्थानीयको भनाई छ । यो सडकमा विगतमा २५ लाख रुपैया खर्च गरिएको थियो । पछिल्लो पटक वडाध्यक्षले बलमिच्याइँपूर्वक १२ लाख रुपैया हालेर सडक निर्माण गरेपनि सामान सहितको ट्याक्टर जान नसकेपछि फेरी ५ लाख रुपैया हालेर सडक खन्ने असफल प्रयास गरिरहेको स्थानीयले आरोप लगाएका छन ।
‘डिजाईन’ विपरीत डाडाँगाउँको तिल्केचौर जिरो प्वाइन्टबाट डाँसोरा हुदै जनक निमावि जोडने र स्यालचौर हुदै साविकको गाविस भवन जोडने सडक बनाउने काम अन्धाधुन्ध रुपमा भएपछि तिव्र रुपमा सालघारीको विनास भैइरहेको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन । सडक निकै ठाडो भएकोले ट्याक्टर नै जान नसकेको उल्लेख गरेका छन ।
मनपरी रुपमा खन्ने काम स्थगित गरी ‘डिजाईन’ अनुसारको सडक निर्माण गर्न वडाका जनप्रतिनिधीलाई दवाव दिन नगरप्रमुखको पनि ध्यानाकर्षण गरेका छन । ‘डिजाईन’ विपरीत सडक खनेको, सडक खन्ने नाममा वन विनास गरेको, ठाडो सडकलाई डाउन गरेर फेरी पहिलेकै स्थानबाट लिदा झन सालका रुखहरु मासिएको, सडक सफल नहुँदा नहुदै पनि बलमिच्याइँपूर्वक सडक खनेर जनप्रतिधिनीले वन विनास र रकमको दुरुपयोग गरेकोले त्यसलाई तत्काल नरोके आन्दोलनमा उर्तिने चेतावनी पनि डाडाँगाउँबासीले लगाएका छन । उनीहरुले पहिला सडकको सर्भे गरिएको जिरो प्वाइन्टबाट बीच सालघारी हुदै कटरीखोलाको छेउ हुदै सालघारीको माथिल्लो छेउ हुदै ४ वटा मोडहरु पर्ने गरी लिनु पर्ने उल्लेख गरेका छन । करिव ३ किलोमिटर लामो उक्त सडक छोटो दुरी पर्ने गरी खनिएको कारण सफल हुन नसकेको स्थानीयले बताएका छन । पछिल्लो पटक सडक निर्माणमा १२ लाख रुपैया खर्च गर्दा वडाध्यक्ष रामप्रसाद गौतमले आफु नजिकको उपभोक्ता समिति गठन गरी काम गरेपनि अहिलेको ५ लाख रुपैया भने समिति नवनाएरै खर्च गर्न थालेको बताएको छ ।
सडक खन्नु भन्दा पहिला प्रारम्भिक वातावरण मुल्यांकन गरी वन बिभागको स्वीकृति लिएर मात्र रुखहरु हटाउनु पर्ने कानुनी व्यवस्था छ । तर यो सडक खन्दा न त प्रारम्भिक वातावरण मुल्यांकन गरिएको छ न त वन विभागको स्वीकृति लिएर रुखहरु हटाइएको छ । विकासको नाममा जनप्रतिनिधीले मनपरी गरेका छन ।

प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार १५:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *