उपचारको लागि बालकलाई आर्थिक सहयोग

सुर्खेत, १ चैत्र ।
सुर्खेतको बीरेन्द्रनगरमा रहेको सुर्खेत हस्पिटलमा हातको उपचार गराइ रहेका कालिकोटका एक बालकलाई अनमोल फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।
कालिकोटको मुम्रा घर भएका ११ बार्षिय बालक रमिन्स बुढाको उपचारको सहयोगार्थ अनमोल फाउन्डेसनले आर्थिक सहयोग गरेको हो ।
फाउण्डेसनका अध्यक्ष निराजन शाहीले अस्पतालमै पुगेर बालकलाई आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा धुर्ब भट्टराई, कृष्णराज धमला लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः १ चैत्र २०७४, बिहीबार ०६:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *