पहिरोले आवागमन अवरुद्ध

बद्री पन्त
जाजरकोट १३, साउन
सदरमुकाम खलंगा बजारमा यातायातका साधन आवजावत गर्न बन्द भएको छ । बर्षातका कारण खलंंगास“ग जोडिएको पक्की सडकमा चारैतिर पहिरो खसेपछि आवतजावत रोकिएको हो ।
छिन्चु जाजरकोट सडकको शान्तिचौताराको खहरे खोला र ठाटीबजार सडक भत्क“दा खलंगामा यातायात रोकिएको हो । सडक भत्किएपछि खलंगाबाट जिल्ला बाहिर जाने तथा भित्रने यातायातका साधन थाप्लेचौर, शान्तिचौतारा र बोहरागाउ अलपत्र परेका छन् । खलगा बजार भित्र सडकको ठाउ ठाउमा पहिरो खसेपछि यातायात बन्द भएको हो । यातायात बन्द भएपछि यात्रुहरु गन्तब्यमा पुग्न पाएका छैनन् । नेपालगंज देखि जाजरकोट रिम्ना हुदै रुकुम आठबिसकोटको सिधा यातायात सेवा बन्द भएको छ ।
खहरेखोलामा र ठाटीबजारमा मान्छे हिड्ने बाटो पनि छैन । सडकमा पहिरोमा परिणत भएपछि खलंगा बजारमा आवजावत मात्र हैन दैनिक उपभोग्य बस्तु आपुर्तीमा समेत कठिनाईका साथै सदरमुकाम नाकाबन्दीमा परेको उद्योग वाणिज्य संघ जाजरकोटका पूर्व अध्यक्ष कमान खड्काले बताउनु भयो । बर्षाले खहरे खोला, भेलाले, न्युरोड, सिटीजिन्स बैंक लगायत स्थानमा सडक भत्किएको छ । खलंगाका बासिन्दा भु–क्षय तथा पहरोको उच्च जोखिमका कारण निरास बनेका छन् । भिरालो भु–बनोटको खलंगालाई अब्यवस्थित सडक निर्माणले पहिरोको जोखिम बढाएको छ । भारतको रुपैडिया देखि चिनको तेन्जे जोड्ने जाजरकोट डोल्पा भेरी करिडोरको बाइपासका रुपमा रहेको शान्तिचौतारा कालेगाउ सडकको स्तरोन्नतिका क्रममा ग्याभिङ्ग, नाली लगाएत गुणस्तरीय काम नहुदा खलंगा बजारमा पहिरोको जोखिम बढेको भेरी नगरपालिका ४ का अम्बर बहादुर शाहीले बताउनु भयो ।
सडक निर्माणका क्रममा न्युरोडको सिटीजिन्स बैंक नजिक सबै भन्दा बढी पहिरो जोखिम बढेको छ । सडक डिभीजन कार्यालय चौरजहारीले खलंगा रिम्ना सडकको स्तरोन्नति लागि गतिलो डिजाईन नबनाउदा र गुणस्तरीय निर्माणमा ध्यान नदिंदा ठाउ ठाउमा पहिरोको उच्च जोखिम भएको हो । जस्को परिणाम पहिरो ठाउ ठाउमा पहिरो खस्नुको साथै स्थानीयका दुई दर्जन घर जोखिममा परको छन । खलंगा रिम्ना सडकको कालेगाउँ ६ किलोमिटर स्तरोन्नतिको कार्य १२ करोड लागतमा रोजेन्द्र÷जलजला जेभी काठमाण्डौंले गर्दै आएको छ ।
त्यस्तै सडकमा नाली नबनाउनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फाल्नु, सडक छेउमा जथाभावी सेफ्टी टंकी बनाउनु, भत्किएको सडकको समय मर्मत संभार नगर्नु, जथाभावी बन विनास गर्नु लगाएत कारण पहिरोको जोखिम बढेको हो । पहिरोबाट खलंगा बजार जोगाउन चुनौती भएको छ । सिटीजिन्स बैंक नजिक पहिरो नियन्त्रण गर्न करोडौं बजेटको खाचो पर्ने देखिएको छ । ठाडो भित्तामा भवन संहिता तथा प्राविधीक डिजानईन विना ४÷५ तले घर निर्माण गर्नु पनि अर्को जोखिम भएको छ । नगरपालिका क्षेत्रभित्र न सडकमा नाली वनेका छन् न ढल निकासको उचित व्यवस्था छ । न त सडक छेउमा भवन निर्माण आचार संहितालाई लागु गरेर घर निर्माण भएका छन् । एक÷दुई दिनको बर्षातले पनि सडक चिराचिरा परेको छ । यात्रु गनतव्यमा पुग्न नसकेर विचबाटै फकिनु परेको चौरजहारी नगरपालिका १३ रुकुमका डन्ड प्रसाद शर्माले गुनासो गर्नु भयो ।
सदरमुकाम क्षेत्रको पहिरोको जोखिम टार्न स्थानीय सरकारको सामथ्र्यले नभ्याउने र तत्काल सम्बन्धित निकायले पहल नथाले ठूलो धनजनको क्षेती हुने देखिएको छ । न्यूरोडमा गएकोे पहिरोको जोखिम टार्न सडक विभाग, भवन तथा सहरी विकास विभाग लगाएत निकायले तत्काल उचित योजना तथा बजेटको व्यवस्था गर्नु पर्ने खलंगाबासीको माग छ । खलंगामा पहिरोको जोखिम घटाउन अनिवार्य ढल निकासको ब्यबस्था तत्काल गर्नु पर्ने स्थानीयले माग गरेका छन् । नगरपालिकाले वजार व्यवस्थापन र सहरीकरणबारे गतिलो योजना कार्यान्वयन नगरेकोले सदरमुकाम खलंगाको वस्ती पहिरोको उच्च जोखिममा परेको कुशे लघु घरेलु सहकारी संस्थाकी अध्यक्ष शिला नेपालीले बताउनु भयो ।

प्रकाशित मितिः १३ श्रावण २०७५, आईतवार ०६:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *