सर्पको टोकाईबाट किशोरीको मृत्यु

तस्वीर खड्क बास्पाने विवसको फेसवुकबाट

सुर्खेत,२२ साउन ।
विषालु सर्पको टोकाईबाट सुर्खेतको पञ्चपुरी नगरपालिका १० मा एकजना किशोरीको मृत्यु भएको छ । विहान ५ बजेतिर शौचाल गएको वेला किशोरी हरिकला उपाध्यायलाई सर्पले टोकेको थियो । सर्पले टोपछि घरमै झरफुक गर्दागर्दा १४ बर्षिया उपाध्यायको बिहान साढे ८ तिर मृत्यु भएको वडा सदस्य नैनसिंह बिकले बताउनु भयो । उनी स्थानीय जनज्योति आधारभुत बिद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन ।बाढीबाट पीडित उपाध्यायको परिवार अस्थायी शिविरमा पालमा बस्दै आएको छ ।

प्रकाशित मितिः २२ श्रावण २०७५, मंगलवार १२:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *