पन्त समाजद्वारा निर्मलाका हत्यारालार्इ कारवाहीकाे माग

सुर्खेत,३ असोज ।
कंचनपुरकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछिको हत्यामा संलग्नहरुमाथि अहिलेसम्म पनि कारबाही हुन नसकेकोप्रति पन्त समाज सुर्खेतले गम्भीर ध्यानार्षण भएको जनाएको छ ।
समाजका अध्यक्ष लोकप्रसाद पन्तले विज्ञप्ति मार्फत दुई महिना भैइसक्दा पनि घटनामा संलग्नमाथि कारबाही नभएकोमा समाज स्तव्ध भएको छ ।
विज्ञप्तिमा चौतर्फी दवाव सिर्जना हुँदापनि घटनाका दोषीमाथि कारबाही हुन नसक्नु विधिको शासनको ठाडो उल्लंघन भएको भन्दै समाजले दोषीलाई यथासिघ्र कानुनी दायरामा ल्याएर निर्मालालाई न्याय दिन सरकारसँग माग गरेको छ ।
समाजले दोषीलाई कारबाही नगरी उम्काउन खोजे कडा आन्दोलनमा उर्तिने चेतावनी पनि दिएको छ । समाजे निर्मला पन्तको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै उचित क्षतिपूर्ति दिनपनि माग समेत गरेको छ ।

प्रकाशित मितिः ३ आश्विन २०७५, बुधबार १८:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *