सुर्खेत,६ असोज ।
विमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स सुर्खेतले देउतीवज्यै मन्दिर परिसरको सरसफाईसहित मन्दिर परिसरमा रहेका असहायहरुलाई फलफुल वितरण गरेको छ आफ्नो पहिलो वार्षिकउत्सवको अवसरमा कम्पनीले सरसफाई तथा फलफुल वितरण गरेको शाखाका प्रवन्धक गोविन्द ढकालल जानकारी दिनुभयो ।
२०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन कम्पनीले १ वर्षको अवधिमा २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरेको पनि उहाँले जानकारी दिनुभयो ।
एक वर्षको अवधिमा कम्पनिले २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरिसकेको र निकट भविष्यमा चुक्तापुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यकोे शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउन लागेको समेत उहाँले बताउनु भयो ।
सरसफाई तथा फलफुल वितरण कार्यक्रममा मार्केटिङ म्यानेजर, अभिकर्ता ,कर्मचारी, ग्राहक तथा शेयरधनीहरुको सहभागिता कम्पनीका कर्मचारी गगन रानाले जानकारी दिनुभयो ।