पानी पुरीखाँदा ३३ जना विरामी

सुर्खेत, २८ असोज ।

सुर्खेतको रामघाटमा पानीपुरी खाँदा सुर्खेतमा ३३ जना बिरामी परेका छन । भेरीगंगा नगरपालिका ११ मा एउटै गाउँका ३३ जना बिरामी परेका हुन । बिरामी हुनेमा महिला तथा बालबालिका रहेको छन ।
ठेलामा राखेर बेच्न लगेको पानीपुरी खाँदा उनीहरु आइतबार साँझ बिरामी भएका हुन । बिरामीमा वान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखिएको छ । स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनीहरुलाई वीरेन्द्रनगर ल्याइएको हो । बिरामीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पानीपुरी बेच्ने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बिरामीको अहिले प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । अस्पताल पुगेर उनले बिरामीको उपचारमा कुनै कमी नराख्न अस्पताललाई निर्देशन समेत दिएका हुन ।

प्रकाशित मितिः २८ आश्विन २०७५, आईतवार २१:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *