नयाँ प्रजातिको टिमुर फेला

प्रकाश पन्त  सुर्खेत, १० मंसिर ।
सुर्खेत, अछाम र सल्यानमा टिमुरको नयाँप्रजाति फेला परेको छ । उच्चमूल्यकृषि वस्तु विकास आयोजनाले सुर्खेत, अछाम र सल्यानमा टिमुरको नयाँप्रजातीज्यान्थोजाईलम ह्रेट्सा (रक्सब) डि.सी. समेतपत्तालगाएको हो । आयोजनाका कृषि बन विज्ञ गिरीधर अमात्यले लामो अनुसन्धानपछि टिमुरको नयाँप्रजाति फेला परेको बताउनु भएको हो ।
यो प्रजातिको टिमुर सुर्खेतको चौकुने गाउँपालिकाअन्तर्गत पर्ने साल्मतल्लो बाँसपानी, अछामको तुर्माखाँदागाउँपाकिलाको जयसुरको साथै कर्णालीनदिको जलाधार क्षेत्र तथा सल्यानको कालिमाटी गाउँपालिकामा पर्ने शाारदा नदिको जलाधार क्षेत्रमाकाल्चे कालिमाटीमा पाइएको छ । यो टिमुर करिब ९५० देखी ११०० मिटरको उचाईमा पाईन्छ।

नेपालमाहालसम्म टिमुरको ९ वटा प्रजातीहरु रहेकोमा योसहितदशौ प्रजातीफेला परेको पनिउहाँले दावी गर्नुभयो । यो प्रजातिको टिमुरवनस्पतीक परिवार रुटेसीमा पर्दछ।स्थानीयहरुले यसलाई रुख बोके टिमुर वागाई सिमल रुख भन्ने गरेको पनिउहाँले जानकारी दिनुभयो ।
रुख बोके टिमुरको कान्डमाथिल्लो हाँगातिरको भागचिल्लो खालको र चारै तिर तिखो काँडाले ढाकेको, तलतिरको पुरानो भाग मा कडा खालको छिप्पिएको अलि थेप्चो आकारको र माथिलो सतहतिर पुरानो मरिसकेको पुरानो काँडाले ढाकेको, बोक्रा काटदा सरस्यूउ जस्तो पंहेलो रंगको अलि नरम भागभएको देखिन्छ । यसको पातको लम्बाई करिब ४ देखी ९ सेन्टिमिटर र चौडाई २ देखी ३.५ सेन्टिमिटर हन्छ । डाँठ २ देखी ३सेन्टिमिटर लामो, पातको छेउ अलिधुम्रिएको जस्तो हुन्छ । पातमासुगन्धित तेलको ग्रन्थीहरु छेउछेउतिर रहेको हुने र छिप्पिएको पातमामधुरो खालको कागतीको जस्तो वास्नाआउने गर्छ । वैशाखमाहनाको मध्यतिर रुखबाट सबै पातहरु झर्ने भएकोले अन्तिमतिर रुख पातबिनाको हुने गर्छ ।
यसको फुलकरिब ८ देखी १४ सेन्टिमिटर लामो हुन्छ । फूलको रंग हलुकापँहेलो हुन्छ । जेष्ठ महिनाको सुरुवाततिरनैफूलफुल्न रपातपल्हाउनथाल्ने यो टिमुरको फुल रुखमाकमै समयसम्ममात्र रहन्छ । यसको दानाहरु हलुकावास्नादार हुने हुने पनिउहाँले जानकारी दिनुभयो ।फूलको गोलाकार६ देखी७ मिलिमिटर व्यासको हुन्छ। फूलको सबै भाग सुगन्धित तेलको ग्रन्थीले ढाकेको हुने र फूलको वास्नाकागतीको जस्तो हुन्छ ।यो टिमुरको बोक्रामा १५ दशमलव २, फूलमा ४ दशमलव ४२ र बीउमाशुन्यदशमलव ५ प्रतिशत सुगन्धित तेलको पाइन्छ ।

प्रकाशित मितिः १० मंसिर २०७५, सोमबार ०५:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *