सुर्खेतमै खुल्यो श्रम कार्यालय

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । श्रम तथा रोजगार, सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

अब वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन कर्णालीका नागरिक काठमाडौं जाने बाध्यता हटेको छ । कार्यालयबाट श्रम, रोजगारी,  सामाजिक सुरक्षासँग जोडिका विषयमा काम गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

‘अब यहाँका नागरिक श्रम स्वीकृति लिनका लागि काठमाडौं जानु पर्दैन । हामीले श्रम, रोजगार र सामाजिक सुरक्षासम्बन्धी कामहरु यहीबाट गर्छौँ’, उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशमा धेरै सम्भावना रहेको छ । जडिबुटीको खानी छ । यहाँ हामीले धेरैलाई रोजगारी सिर्जना गर्न सक्छौँ ।’

 

प्रकाशित मितिः १२ मंसिर २०७५, बुधबार १९:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *