सुर्खेत, १२ मंसिर ।
सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतम र सुर्खेतका शाखा प्रवन्धक गोविन्द ढकालले मार्केटिङ मेनेजरहरुलाई सम्मान गरेका छन ।
सम्मानित हुनेमा सम्मर वहादुर रेग्मी, सीता नेपाली, नोख वहादुर खत्री, धनकुमारी ओली, नरेश शाही, बालकुमारी राना र चक्रबहादुर सुनार रहेको मेहकुना इन्चार्ज गगन रानाले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पारेका छन । कार्यक्रमको सहजीकरण सुर्खेत शाखा प्रवन्धक गोविन्द ढकाल र मेहलकुुना ईन्चार्ज गगन रानाले गरेका थिए ।