विक्री नभएर गोदाममै थन्कियो जापानीज चामल

बद्री पन्त
जाजरकोट १३, पुस
नेपाल खाद्य संस्थान जाजरकोटले जापानीज चामल विक्री वितरण नभएपछि मुल्य घटाएको छ । जिल्लामा जापानीज चामल महंगो तथा स्थानीय उपभोक्ताले नकिनेपछि संस्थानले मुल्य घटाएको हो ।
जाजरकोटको घोगी स्थित खाद्य डिपोममा विगत ८ महिना देखि ८ सय ९१ क्वीन्टल जापानी चामल विक्री नभएर थन्किएको छ ।  गत आर्थिक बर्षको कोटा अन्र्तगत ढुवानी भएको ९ सय ४० क्विन्टल मध्येको उक्त चामल विक्री नहु“दा थन्किएको हो ।
घोगी डिपोबाट एक बर्षमा ५० क्विन्टल मात्र जापानीज चामल विक्री भएको खाद्य संस्थान जाजरकोटले जनाएको छ । जापानी चामल स्थानीय बजारमा पाइने चामल भन्दा महङ्गो भएकोले उपभोक्ताले किन्न नमानेका हुन ।


जापान सरकारको सहयोगमा खाद्य संस्थान मार्फत उक्त चामल आपुर्ती भएको हो । संस्थानले गत भदौसम्म जापानीज चामलको मुल्य ६५ रुपैया“ प्रति किलोग्राम तोकेको थियो ।  स्थानीय उपभोक्ताले महङ्गो भनेपछि जिल्ला खाद्य ब्यवस्थापन समितिको सिफारिसमा संस्थानको केन्द्रिय कार्यालयले प्रति किलोको मुल्य ६२ रुपैया“मा घटाएको थियो ।
डिपो क्षेत्रका स्थानीयले चामल महङ्गो भन्दै किन्न नमाने पछि समितिले पुनः मुल्य घटाउन सिफारिस गरे अनुसार संस्थानले प्रति किलो २१ रुपैया“ घटाएको छ । पहिले ६५ रुपैया“ मुल्यको उक्त चामल ६२, ५६ हुदै अहिले ४२ रुपैंया प्रति किलो कायम गरेको छ ।
संस्थानले घोगी डिपोका लागि ४२ रुपैंया, चौखा ४३, नायकवाडा ४४, दशेरा ४२, नलगाड विक्री केन्द्रका लागि ४२ र सदरमुकाम शाखाका लागि ४२ रुपैंया प्रति किलोको दरले मुल्य कायम गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले बताउनु भयो ।


गत साउन÷भदौमा भोकमरी हुदा समेत गाउलेहरुले जापानीज चामल किनेनन् । जापानीज चामल भन्दा सुलभ मुल्यमा विभिन्न ब्राण्डका चामल स्थानीय बजारमा सुलभ मुल्यमा पाउने गरेको छ ।
छेडागाड नगरपालिकाको पजारु, घोगी, डाडागाउ, शेराखहरे, जुनीचा“दे गाउपालिकाको दह, गर्खाकोट, मजकोट, लुहादह, टीकाचौर लगायत गाउमा बर्षेनी खाद्य अभाव हुने गर्दछ । ती गाउमा स्थानीय उत्पादनले तीन महिना पनि खाना नपुग्ने भएपछि भोकमरी हुने गरेको हो ।  सरकारले जाजरकोटमा सोना मन्सुली, अरुवा जिरा मसिनो, अरुवा मोटो, उसीना सोनाचामल, वंगलादेशी उसीना मोटा चामल, जापानीज लगायत चामल अनुदानमा वितरण गराउदै आएको छ ।
मुल्य घटेकोले जापानीज चामल क्रमश विक्री हुने खाद्य संस्थान जाजरकोटले जनाएको छ । खाद्य संस्थानले आर्थिक बर्ष २०७५÷०७६ का लागि संस्थानको घोगी डिपोका लागि २ हजार, चौखा २ हजार १ सय, नायकवाडा २ हजार १ सय, दशेरा २ हजार, नलगाड विक्री केन्द्र कालिमाटी १ हजार र सदरमुकाम शाखाका लागि ३ हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । जिल्लामा २ हजार ३ सय क्विन्टल जापानीज चामल मौजाद रहेको छ ।

प्रकाशित मितिः १३ पुष २०७५, शुक्रबार १४:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *