बद्री पन्त
जाजरकोट २५, पुस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार जाजरकोको भेरी नगरपालिकाका जन प्रतिनिधीहरुलाई स्थानीय सरकारको संस्थागत स्वमूल्याङ्कन कार्यविधि सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा भेरी नगरका नगर प्रमुख÷उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनीयर लगाएतको सहभागिता रहेको थियो ।
जन प्रतिनिधीहरुलाई स्थानीय सरकारको संस्थागत स्वमूल्याङ्कन कार्यविधि सम्वन्धी भुमिका, औचित्य, उद्देश्यहरु, विधी, स्वमूल्याङ्कन सम्वन्धि कानुनी प्रावधान, स्वमूल्याङ्कनका विषयक्षेत्र र सुचक, सुचक र अंकभार, स्वमूल्याङ्कनको अंक गणना अबस्था मापन र गुनस्तरको सुनिच्चितता, मापनयन्त्र लगाएत विषयमा अभिमुखिकरण कार्यक्रम चलाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव लक्ष्मी निरौलाले बताउनु भयो ।
स्वमूल्याङ्कनमा स्थानीय सरकार सञ्चालन सम्बन्धि १० वटा विषयक्षेत्रहरु समावेश गरीएको हुन्छ त्यसैमा आधारीत भएर स्थानीय सरकारहरुले काम गर्नु पर्ने हुन्छ, उप सचिब निरौलाले भन्नु भयो ।
जस्मा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य समन्वय लगाएत विषयमा रहेर काम काम गर्नुपर्ने निरौलाको भनाइ थियो ।
१० वटा विषयक्षेत्रको चित्रण ३ तहको सुचकबाट निर्धारण गरिने अर्का उप सचिब विष्णुदत्त गौतमले जनाउनु भयो ।
स्थानीय सरकारको समग्र स्थिति दर्शाउने सुचक, स्थानीय सरकारको दैनिक प्रशासन र सेवा प्रवाह तथा स्थानीय बासिन्दाका सरोकारका विषय सम्बोधन हुने खालका प्रकृया उन्मुख सुचक र सुचकहरु भौतिक रुपमा सम्पादन हुने र प्राप्त्तहुने सेवा सुविधालाई उजागर गर्ने प्रकृतिका हुने गरेको गौतमको भनाइ थियो ।
यो कार्यक्रम पहिलो चरणमा भेरी नगरपालिकाबाट संन्चालन गरिएको हो । नगर प्रमुख÷उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनीयर लगाएतको सहभागि कार्यक्रम सहजिकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिब लक्ष्मी निरौला, विष्णुदत्त गौतम, रेशम कंडेलले गर्नु भएको थियो ।