माघ १० सुर्खेत ।
कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेक यही आउँदो फागुन २४ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ । इन्फोटेक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिँदै इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको उनले बताए ।

कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागीता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकका समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने आयोजकले जनाएको छ ।
आयोजक क्यान महासंघ सुर्खेतका अनुसार आइएमइ पे मुख्य प्रायोजक रहेको उक्त इन्फोटेकको नाम नै आइएमइ पे क्यान इन्फोटेक राखिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस अघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ । इन्फोटेकमा करिव ७० वटा स्टल रहने आयोजकले पत्रकार सम्मेलनमा बताए । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्यान सुर्खेतका अध्यक्ष चन्दले भने, ‘इन्फोटेकलाई स्तरीय, सभ्य र भव्य बनाउन हरसम्भव प्रयास गरेका छौं । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्ष्ँेत्र, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा गरेका छौं । यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना संचार र प्रविधिको ठूलो प्रदर्शनीका रुपमा लिएका छौं ।’
उक्त इन्फोटेक करिव १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । इन्फोटेकको आयोजनाले कर्णाली प्रदेशमा सूचना संचार र प्रविधिमा जानकारी, प्रचार प्रसारका साथै व्यापार प्रवर्धनमा समेत टेवा पु¥याउने र कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग अपेक्षा आयोजकले गरेको छ । साथै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्नुका साथै स्थानीय मुख्य पर्यटकिय आकर्षण क्षेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदा सूचिमा सूचिकृत काँक्रेविहार, बुलबुले ताल, देउतीवज्यै मन्दिर, गोठीकाँडा, घण्टाघर, भेरी र कर्णाली नदी, जाजुरा दह, रारा, थारु होमस्टेलाई प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु¥याउने लक्ष्य आयोजकले राखेको छ ।
इन्फोटेकमा अन्तरविद्यालय प्रविधि प्रदर्शनी हुनेछ । टिकट व्यवस्थित गर्न आइएमइ पे मार्फत अनलाईन टिकटको व्यवस्था गरिने बताइएको छ । अनलाईन टिकट काट्नेहरुले निःशुल्क टिकट सुविधा लिने छन् भने जसका लागि मोबाईलमा आइएमइ पे डाउनलोड गरि टिकट लिन सकिनेछ । इन्फोटेक विद्यार्थी मैत्री बनाउने योजना अनुसार आयोजकले विद्यार्थी विद्यालयको पोशाक र परिचयपत्रका साथमा आएमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउने जनाएको छ । तर परिचयपत्र मात्रै भएमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउने जनाइएको छ । नयाँ प्रविधि सहितका प्रदर्शनी, ५ देखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत क्याम्प, अन्तर विद्यालय प्रविधि प्रतियोगीता, विज्ञान प्रर्दशनी र फ्रि वाईफाई जोन मुख्य आकर्षकका रुपमा रहने बताइएको छ ।
कर्णाली प्रदेश सरकार, स्थानीय निकाय, सरकारी तथा नीजि र संचार क्षेत्रको साथ र सहयोग रहने अपेक्षा आयोजकले गरेको छ ।