सडकले ल्यायो खुसी

बद्री पन्त
जाजरकोट २५, माघ ।
८ बर्ष अघि नेपालगंजबाट डोल्पा दुनै पुग्न डोल्पाबासीलाई ८÷१० दिनको समय लाग्थ्र्योे । भारी बोकेर दुनै पुग्न त महिनौं हिड्नु पर्ने हुन्थ्यो । त्यत्तिवेला डोल्पालीलाई समान ओसारपसारको लागि भरीया, घोडा, खच्चड लगायत भर पर्नुको कुनै विकल्प थिएन । तर गत मंसीर देखि दुनैसम्म यातायातका साधन चल्न थाले पछि भने डोल्पावासीको थाप्लोमा भारी वोकेर हप्ता दिन पैदल हिड्नु पर्ने वाध्यताको अन्य भएको भने सुखका दिन आएका उनीहरुले महसुस गरेका छन ।
जाजरकोट–डोल्पा सडकको खलंगा – दुनै ट्रयाक खुले पछि यातायातका साधन दुनैसम्म संचालनमा आएका हुन् । नेपाली सेनाले सडकको ट्रयाक खोलेपछि यात्रुलाई खुट्टामा फोका उठाएर पैदल हिड्नु पर्ने सास्ती हटेको हो । ट्रयाक खुलेसंगै ६ दिनमा पुगीने जाजरकोट खलंगा एकै दिनमा पुग्न सहज भएको छ । सडकका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् । आन्तरिक तथा वाह्य आगुन्तुकको आवजावत र चहलपहल बढेको छ । दैनिक उपभोग्य बस्तुको मुल्य सस्तो भएको छ । सस्तो ढुवानीले उपभोग्य बस्तुको मुल्य आधा घटेको छ । जस्का कारण डोल्पावासीको महङ्गो भान्छा सस्तो बन्न पुगेको मुड्केचुला गाउँपालिका ४ डोल्पाका कुमार बुढाले बताउनु भयो ।
जाजरकोट–डोल्पा सडकको खलंगादेखि दुनैसम्मको १ सय १८ किलोमीटर ट्रयाक खोल्ने कार्य पुरा गरेपछि दुनै सडक सञ्जालसंग जोडिएको हो । सडक खुलेपछि दुनैसम्म यातयातका साधन गुड्न थालेका छन् । दुनैबाट यातायातका साधन चल्न थालेपछि डोल्पालीको दुःखका दिनको अन्य भएको देखिन्छ । सडक खुलेपछि एकै दिन नेपालगंज पुग्न सहज भएको छ । नेपालगंजबाट सामान लोड गरेका ट्रक तथा ठुलो बस तल्लुबगरमा पुग्ने गरेका छन ।


सडक खुलेपछि यातायात मात्र हैन, उपभोग्य बस्तु तथा निर्माण सामग्रीको ढुवानी गर्न पनि सहज भएको छ । विगतमा घोडा खच्चडले बोकाएको भन्दा यातायातका साधनबाट ढुवानी गरेको सामानको मुल्य दोब्बर सस्तो भएको छ । त्यस्तै सडक खुलेस“गै बजार विस्तार, रोजगारी सिर्जना र घरजग्गाको मुल्य वृद्धी भएको आठवीसकोट नगरपालिका ४ रुकुमका चन्द्रबहादुर खत्रीको भनाई छ । स्थानीय बजारमा सयौंले रोजगारी पाएका खत्रीले बताउनु भयो ।
दुनैसम्म सडक यातायात संचालनमा आएपछि चामल, दाल, तेल, चिनी, ग्या“स लगायत दैनिक उपभोग्य बस्तुको मुल्य ३० देखि ४० प्रतिशतले घट्न गएको छ । विगतमा ७० देखि ९० रुपैया“ प्रति किलोमा ढुवानी हुने वस्तु हिजोआज ४५ देखि ५५ पर्न जान्छ, । । गत बर्ष प्रति सिलिण्डर ४ हजार ५ सय पर्ने ग्या“स सिलिण्डर यो वर्ष घटेर ३ हजारमा पाइने गरेको छ । दैनिक उपभोग्य बस्तु मुल्य घटेपछि विपन्न परिवारको चुलो सस्तोमा बल्न थालेको छ ।
जाजरकोट–दुनै मोटरबाटो खुले पछि रिम्ना, कालीमाठी, रारीजिउला, बगरा, तल्लुवगर, छहरेवगर, दामाचौर, त्रिवेणी, खदाङ्ग, चुंगाड, लिकु, त्रिपुराकोट, जुफाल लगायत दर्जन बजार विस्तार भएका छन् । बजार विस्तार संगै उपभोग्य बस्तुको उपलब्धता, रोजगारी, आर्थिक समृद्धी लगायतमा बृद्धी भएको छ । नेपालगंज पाइने सबै प्रकारका बस्तु उक्त बजारमा सहजै उपलब्ध हुने गरेका छन् । घोडा खच्चड, चौरीगाई र भेडाबाख्राको गोठालो लाग्ने र जटीवुडी संकलन तथा विक्रीमा सिमित स्थानीय यतिबेला होटल व्यवशायी, डुवानी व्यवशायी, व्यापारी तथा उद्मी बन्न पुगेका छन् । जस्का कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुन गएको छ । सडक पहु“चले दुर्गमका गाउ पनि शहरमा परिणत हुन लागेको स्थानीयको भनाइ छ । ७÷८ बर्षसम्म बाटो हिड्दा पानी पिउने ठाउ समेत पाइदैन्थ्यो । त्यही बाटोमा आजभोली जे खोज्यो त्यही पाइन्छ । सडक तथा बजार विस्तारले दुर्गम गाउका बासिन्दा पनि सुविधाभोगी बन्न गएका छन ।
डोल्पाको त्रिवेणीबजारले मुड्केचुला गाउंपालिकाका अन्र्तगतका कालिका, रिडिङ्ग, इल, सुर, नर्कु, सर्मी, होर्त, ओक्ट, लगायत गाउका बासिन्दालाई दैनिक उपभोग्य बस्तु सहजरुपमा उपलब्ध गर्न सहयोग गरेको छ । त्यस्तै त्रिपुराकोट बजारले लिकु, पाहाडा, रसी, करेलीका“डा, सुंग, रंग, रुम लगायत गाउलाई वजारस“ग जोडेको छ । सडकले विगत भन्दा सामान ढुवानी तथा यातायातमा केहि सजिलो भएको तल्लुबगरका व्यापारी रामबिक्रम चन्दलेको भनाइ छ ।


सडकको स्तरोन्ति नहुदा र डेड् दर्जन खोलामा पुल नबन्दा नियमित यातायातमा वाधा पुगेको छ । सडक अन्र्तगतका नदी तथा खोलमा पुल बनेमा डोल्पा पुग्ने सामानको मुल्य चार गुणा घट्ने बताइएको छ । सडक अन्र्तगतका विभिन्न नदी खोलामा पुल बनेमा रुपगाड खोला, त्रिपुराकोट, गल्लीगार, छलगाड, चुंगाड, खदाङ्ग, करपगार, त्रिबेणी, तल्लुवगर, तासुगाड, नलगमाड लगायत खोला तथा भेरी नदीमा पुल नवन्दा सामान बोकेर गाडी फेर्नु पर्ने सास्ती नहटेको हो । यात्रुहरुको यात्रा कष्टकर बनाएको छ । सडकमा ट्याक्टर, जीव लगायत हलुका सवारी साधन मात्र संचालनमा आएका छन । जाजरकोट–डोल्पा भेरी करीडोर मार्ग अन्र्तगतको जाजरकोट डोल्पा सडकमा पर्ने पुल निर्माण तथा स्तरोन्नतिको काम भने हुन सकेको छैन । जारकोट डोल्पा सडकमा यातायात सुचारु भएपछि डोल्पा, रुकुम र पुर्वी जाजरकोटका बासिन्दालाई दैनिक उपभोग्य बस्तु ओसारपसार तथा आवतजावतमा सहज भएको छ । सडकले जाजरकोटका विकट बस्ती खगेनकेट, रग्दा, भगवती, रुकुमको खदी, गोतामकोट र डोल्पाका दर्जनौं गाउका बासिन्दालाई सुविधा भएको छ ।
नेपाली सेनाले ८ बर्ष अघि जाजरकोट डोल्पा सडकको खलंगाबाट निर्माण थालनी गरेकोे थियो । भेरी करीडोर मार्गमा पर्ने यो सडक राष्ट्रिय महत्वको आयोजना हो ।

प्रकाशित मितिः २५ माघ २०७५, शुक्रबार ११:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *