जाजरकोट — नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ ७ बजेको समयमा भे १ ख १३२९ को बस खलंगा–रिम्ना सडक खण्डको भेरी नगरपालिका १, पिपेगाउँ भन्दा दुई किलोमिटर अगाडि भेरी नदीमा खसेको हो ।बसमा सवार यात्रुमध्ये ३ तीन जनाको मृत्यु भएको र ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।
बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ । होलुखोला प्रहरी पोष्टको इन्ट्री वुकअनुसार उक्त बसमा ९ जना यात्रु सवार रहेको पाएको छ । बस दुर्घटना स्थलमा उद्घारका सुरक्षाकर्मीलगायत परिचालन गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ करिब सात बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा-रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई मिटर अगाडिबाट भे १ ख १३२९ बस भेरीमा खसेको हो ।

बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बस दुर्घटनाको पुष्टि गर्दै उद्घारका लागि टोली परिचालनको तयारी भइरहेको जानकारी दिए ।कान्तिपुरबाट