सुर्खेत, ४ फागुन ।
सुर्खेतमा ‘मिठो मःम’ रेष्टुरेन्ट खुलेको छ । वीरेन्द्रनगर–६, बुद्धपथको डा“डास्कुल जाने चोकमा मिठो मम खुलेको हो ।
काठमाडौंमा मःमसम्बन्धी विशेष तालिम लिएर आएकी बिना चन्दले मःम विशेष रेस्टुरेन्टल सञ्चालनमा ल्याएकी हुन् । उनका अनुसार रेष्टुरेन्टमा विभिन्न चार प्रकारका मःम उपलव्ध हुनेछन् ।
‘हाम्रोमा स्टिम मःम, झोल मःम, तन्दुरी मःम र सादेको मःम पाइन्छन्,’ चन्दले भनिन्, ‘सुर्खेती मःम पारखीका लागि यी नया“ र फरक स्वादका हुनेछन् ।’
मिठो मःम रेष्टुरेन्ट भ्यालेन्टाइन डेको अवसर पारेर उद्घाटन गरिएको हो । कपल (जोडी) लाई मःममा विशेष छुट दिइने चन्दको भनाइ छ ।