बल्यो विजुली, स्थानीय हर्षित

बद्री पन्त
जाजरकोट २३, फागुन ।
जाजरकोटको नलगाड नगरपालिकाको दुर्गम रघुनाथ गाउँमा विजुली बत्ती बलेको छ । विजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । बर्षौ देखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयबासिन्दा गाउँमा भिmलिमि विजुली वलेपछि दङ्ग परेका हुन् ।
नगरपालिकाको ८० लाख लागत तथा स्थानीय बासिन्दाको जन श्रमदानमा विद्युत आयोजना निर्माण भएको हो । विजुली बाल्न प्रति घरपरिवारले १ महिना बढी श्रमदान गरेका थिए । जनताको विजुली बाल्ने सपना पुरा भएको छ ।
नगरपालिका ५ को थरुपाटा स्थित गाउँ नजिकैको झुमरा खोलाबाट १३ किलोवाट विद्युत उत्पादन भएको छ । विजुली वलेपछि थरुपाटा र रघुनाथ गाउँ लगाएत क्षेत्रका ७७ घरधुरी प्रत्यक्ष लाभान्वित भएको झुमराखोला लघु जलविधुत आयोजना निर्माण समितिका अध्यक्ष पुर्णबहादुर वलीले बताउनु भयो ।


विजुली बाल्न प्रति घरपरिवारले १ महिना बढी श्रमदान गरेका थिए । जनताको विजुली बाल्ने सपना पुरा भएको अध्यक्ष वलीले बताउनु भयो । गत साउन २९ को बाढीले १ सय मिटर पक्की नहर तथा बाँध स्थल बगाए पछि विद्युत अबरुद्ध भएको थियो । अहिले गाउँमा ४ लाख ऋण गरेर काम गरीएको छ, नगरबाट वजेट दिने भनिएको छ अध्यक्ष वलीले बताउनु भयो ।
२४ सै घण्टा गाउँमा बिजुली बत्ती बलेपछि वटापालिका, विद्यालय, लगाएतको कामकाजमा सहज भएको वडा अध्यक्ष केशव प्रसाद शर्माले बताउनु भयो । विजुली बलेपछि बालवालीकाहरुलाई पढ्न लेख्न प्रत्यक्ष पmाईदा पुगेको छ भने बालवालिकाहरुमा पढ्ने वानीको विकास भएको अध्यक्ष शर्माले बताउनु भयो ।
मैन बत्ती, टुक्कीमारा र सल्लाको द्यालो बालेर समय विताइयो अहिले विजुली बाल्न र देख्न पाएको ७५ बर्षिय ज्ञानबहादुर वलीले बताउनु भयो । अव दुःखका दिन गए सुखका दिन आए वलीले बताउनु भयो । विजुली वलेपछि धेरै सहज भएको स्थानीयको भनाई छ ।
लामो समयपछि गाउँमा विजुली बत्ती बलेको देख्न पाउदा धेरै खुसी भएको स्थानीयले बताएका छन् । स्थानीयबासिन्दालाई बिजुलीको सुविधा उपलव्ध भएपछि ठुलो राहत मिलेको छ । बर्षौ देखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयबासिन्दा गाउँ दिनरात गाउँ भिmलिमि भएपछि दङ्ग परेका छन् ।
विजुलीले स्थानीयलाई टेलीभिजन हेर्न, रेडियो सुन्न, मोबाइ चार्ज गर्न तथा साना उद्योग सन्चालन गर्न सहज भएको छ । यसैगरी नगरपालिकाले रघुनाथ गाउँलाई नमुना बस्ती विकास गर्न ७ लाख ५५ हजार वजेट विनीयोजन गरेको छ । एक घर एक करेसाबारी, सवै घरमा शौचालय, सुधारिएको चुलो, घरआगन सरसफाई लगाएत कार्य गर्ने वडाले जनाएको छ ।

प्रकाशित मितिः २३ फाल्गुन २०७५, बिहीबार २०:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *