दुर्गममा पत्रकारीता तालिम

कालीप्रसाद थापा
जाजरकोट २९, फागुन ।
जाजरकोटको दुर्गम क्षेत्र बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सामा बुधबार देखि आधारभुत पत्रकारीता तालिम सन्चालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा आधारभुत पत्रकारीता तालिमको आयोजना गरिएको हो ।


आधारभुत पत्रकारीता तालिमको उद्घाटन गर्दै बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले भन्नु भयो हामीले दिगो विकासमा जोड दिएका छौं । विकास निर्माणमा गुणस्तरीयता, अनुशासन, बातावरणिय सन्तुलन जस्ता कुरामा ध्यान दिनु पर्ने बताउदै अध्यक्ष शाहले पत्रकारीताको विकास बिना गाउँपालिकाको विकास अधुरो रहने धारणा राख्नु भयो ।
गाउँपालिकाले विकास योजनामा गरेको प्रगतिलाई सार्वजनिक गर्ने जिम्मेवारी पत्रकारहरुको भएको धारणा राख्दै गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले पत्रकारहरुको क्षमता विकासका लागि बारेकोट गाउँपालिका जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
२४ जना सहभागि रहेको उक्त आधारभुत पत्रकारीता तालिम चैत २ गतेसम्म संचालन हुने छ । तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष राजेन्द्र कार्कीले गर्नु भएको छ ।

प्रकाशित मितिः २९ फाल्गुन २०७५, बुधबार २०:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *