चैत्र २, जाजरकोट
हिमाली टाइगर पार्टीका अध्यक्ष विरेन्द्र परियारले सरकारको पछिल्ला निर्णय तथा सम्झौता प्रति आपत्ती जनाएका छन् । अध्यक्ष परियारले नेपाल कम्युनिष्ट पार्टी विप्लवका गतिविधी बन्देज लगाउने र सिके राउतस“गको ११ बुंदे सम्झौता प्रति आपत्ती जनाएका हुन् ।
उनले वली सरकारले सिके राउतसंग राष्ट्रघाती सम्झौता गरेको र संविधान विपरित विप्लवका गतिविधीमा बन्देज लगाएको भन्दै एक विज्ञप्ति मार्फत घोर विरोध जनाएका छन् ।
वली सरकारले जनताको मुक्ति र परिवर्तनका निम्ति आवाज उठाउने पार्टीलाई प्रतिवन्ध लगाउने र राष्ट्रघाती सिके राउतलाई काखी च्याप्ने काम निन्दनीय तथा निरंकुशता भएको अध्यक्ष परियारले बताए । वली सरकार प्रति जनविश्वास घट्दै गएको उनले बताए । जनताको मुक्तिका लागि वली सरकारका गलत क्रियाकलापका विरुद्ध हिमाली टाइगर पार्टीको संघर्ष जारी रहने समेत विज्ञप्तिमा उल्लेख छ । केपी वली र प्रचण्डका कारण देश असफल बन्नुको साथै गम्भीर मोडमा पुग्न लागेको उनको आरोप छ । परियार चन्दा आतंक मुद्धाको अभियोगमा डेड् बर्षदेखि जाजरकोट कारागारमा रहेका छन् ।