बद्री पन्त
जाजरकोट २, फागुन ।
जाजरकोटका प्रहरी नायव उपरिक्षक स्यामबहादुर खत्रीले बालवालिकाहरुलाई कुलतमा नलाग्न आग्रह गर्नु भएको छ । बारेकोटको लिम्सामा शनिबार ईलाका प्रहरी कार्यालय बारेकोटले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो ।
बीरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालय लिम्सामा अध्ययनरत बालबालिकालाई प्रहरी नायव उपरिक्षक खत्रीले लागु औषध तथा दुव्र्यसनी, बलात्कार, बालबिबाह, मानव बेचबिखन लगाएत विषयमा जानकारी गराउनु भएको थियो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले गाउँघरमा सानै उमेरमा विहेवारी हुने परम्परा चलि आएको छ ।
यसलाई सवैले आ—आफ्नो क्षेत्रबाट रोक्ने प्रयास गर्नु पर्ने बताउदै प्रजिअ बस्नेतले २० बर्ष उमेर पुगेपछि मात्र विहे गर्नु पर्ने बताउनु भयो । उमेर नपुगेरै विहे गरे तथा विहे दर्ताको सिफारिस गर्ने जो कोही भएपछि ३ बर्ष कैद सजाय हुने धारणा बस्नेतले राख्नु भयो । उक्त कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, उपाध्यक्ष ओमा शाही, जिल्ला समन्वय समितिका सदस्य कल्दर सिंह, राष्र्टि«य अनुसान्धानका अनुसन्धान अधिकृत सन्जीव शाह, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मन्जुर अहमद, नेकपाका नेता नरबहादुर गिरी, नेपाली काँगे्रसका जिल्ला कमिटी सदस्य बेदराज सिंह लगाएत जन प्रतिनीधिहरुको सहभागिता रहेको थियो । अनुशिक्षण कार्यक्रममा बीरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालय लिम्सामा अध्ययनरत ८० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।