गाउँमा पत्रकारिता तालिम

बद्री पन्त
जाजरकोट ३, चैत ।
जाजरकोटको दुर्गम क्षेत्र बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सामा सन्चालित आधारभुत पत्रकारीता शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले आयोजना गरेको पाँच दिने आधारभुत तालिम सम्पन्न भएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।


आधारभुत पत्रकारिता तालिमको समापन कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बारेकोट गाउँपालिकाले संचालन गरेका विकास गतिविधीहरुलाई अध्ययन गरिदिन समेत आग्रह गर्नु भयो ।
गाउँपालिकाको विकास मोडेललाई सबैले अध्ययन गर्नुपर्ने धारणा राख्दै अध्यक्ष शाहले गाउँपालिकाको विकास गति कस्तो छ ?, गाउँपालिकाको विकासमा अनुसासित विकास भएको छ कि छैन ?, विकास निर्माणको गुणस्तर कस्तो छ ?, विकास निर्माणमा बाताबरणिय प्रभावमा ध्यान दिईएको छ कि छैन ? दिगो विकासमा जोड दिईएको छ कि छैन भन्ने कुरा आम नागरिकले जान्न आबश्यक रहेको बताउनु भयो । गाउँपालिकाको समृद्धी र विकासमा पत्रकार र मिडियाको महत्वपूर्ण भुमिका रहने भन्दै अध्यक्ष शाहले प्रशिक्षात्री पत्रकारहरुलाई तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो । पत्रकारिता पेशा निकै जोखिम रहेको बताउदै अध्यक्ष शाहले पत्रकारिता पेशा काम गर्न सके निकै सम्मानित पेशा पनि भएको बताउनु भयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले समाज विकासका लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताउनु हुदै जहाँ पुग्दैन सरकार त्यहाँ पुग्नुपर्छ पत्रकार भन्दै समग्र विकासका लागि पत्रकारहरुले गर्ने खबरदारीले सवैलाई सचेत र सजक बनाउने धारण प्रजिअ बस्नेतले राख्नु भयो ।
बारेकोटको विकास र समृद्धीका लागि नव पत्रकारहरुको महत्वपूर्ण योगदान रहेने अपेक्षा गर्दै प्रजिअ बस्नेतले सफल तालिम लिएर प्रमाण पत्र प्राप्त गर्ने सबै पत्रकारहरुलाई हार्दिक बधाई दिनु भयो ।
उक्त समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, प्रजिअ ललित कुमार बस्नेत,उपाध्यक्ष ओमा शाही, जिल्ला समन्वय समितिका सदस्य कल्दर सिंह, प्रहरी प्रमुख स्यामबहादुर खत्री, राष्ट्रिय अनुसन्धान अधिकृत सन्जिव शाह, डिभिजन बन अधिकृत मन्जुर अहमद, बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाई, कृषि विकास बैक बारेकोट शाखाका मेनिजर जोख बहादुर खड्का, नेकपाका नेता नरबहादुर गिरी, नेपाली कांग्रेसका नेता बेदराज सिंह लगाएतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अतिथिहरुद्धारा तालिमका सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
उक्त आधारभुत पत्रकारिता तालिममा, समाचारको अवधारणा समाचारको परिभाषा, समाचारका तत्वहरु, समाचार स्रोत, समाचार बनोट, समाचार लेख्दा ध्यान दिनुपर्ने कुरा, पत्रकारिता आचारसंहिता, पत्रकार सम्मेलन गर्ने तरिका, अन्तरवार्ता लिने तरिका, भित्ते पत्रिका प्रकाशन गर्ने तरिका लगाएत विषयमा प्रशिक्षात्री पत्रकारहरुलाई तालिममा सहजीकरण गरीएको थियो । उक्त तालिममा गाउँपालिकाका ९ वटै वडाका २८ जना प्रशिक्षात्री पत्रकारहरु सहभागि भएका थिए ।

प्रकाशित मितिः ३ चैत्र २०७५, आईतवार ०६:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *