बल्ल नेपाली नागरिकता

बद्री पन्त
जाजरकोट ५, चैत
जाजरकोटको बारेकोट गाँउपालिका ३, पहाडामुलसामकी मन्दरा कामीले ७५ बर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाउदा खुलीले गदगद भईन । त्यसैगरी बोरेकोट ८, लैखमकी धनी खत्रीले पनि ७१ बर्षको उमेरमा नागरिकता पाएकी छन् । २, रोकायगाउँका नन्दे कामीले ७० बर्षको उमेरमा घर नजिकैबाट नागरिकता पाउँदा खुसी भएका छन् । १० बर्ष भारतको कालापाड विताएको अनुभव सुनाउदै, आफुसंगैकाले सामाजिक सुरक्षा भत्ता रकम बुझ्ने गरेको भन्दै मेरो पनि नागरिकता बन्यो अब सरकारी सेवा सुविधा पाउँने भए खुसी छु, उनलेको भनाई छ ।
मन्दरा, धनी र नन्दे मात्र होइन बारेकोटका सयौं जेष्ठ नागरीकले घर दैलोमै नागरिकताको प्रमाण पत्र पाएका छन् । जीवनको उत्तरार्धमा पहिलो पटक घर नजिकै नागरिकता लिन पाउँदा आफु निकै खुसी भएको उनीहरुले बताए । सदरमुकाम जान दुई तीन दिन हिड्नु पर्ने बाध्यता, आफै हिडेर जान नसक्ने, सदरमुकाम लगिदिने मान्छे नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले बताउदै उनीहरुले नागरिकता पाउनबाट बन्चित हुनु परेको थियो ।


बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा बारेकोटमा संचालित घुम्ती शिविर सम्पन्न भएको छ । ५ दिनसम्म सन्चालन भएको शिबीरमा १ हजार १ सय ४० जनालाई नागरिकताको प्रमाण पत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताए ।
उक्त शिबीरमा १ हजार ३ सय ४८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको छन् । ३० बढी घरेलु उद्योग व्यवसाय दर्ता भएका छन् । घुम्ती शिविरमा नागरिकता प्राप्त गर्ने महिलाको संख्या बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

घरदैलोमै सरकारी सेवा उपलब्ध भएपछि बारेकोटबासीलाई राहत पुगेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । २÷३ तिन दिन पैदल हिडेर सदरमुकाम खलंगा जादा आउदा एक जनाको १० हजार बढी रुपैंया खर्च हुन्थ्यो यसरी सवैको सदरमुकाम खलंगा जादा आउदा लाग्ने स्थानीयको एक करोड बढी रुपैंया खर्च हुनबाट जोगिएको हो । गाउँमै सेवा प्रवाह भएपछि स्थानीयबासीलाई सहज भएको अध्यक्ष शाहले जानकारी दिए । दुुर्गम गाउँमा पहिलो पटक डिजिटल प्रविधीबाट शिविरमा नागरिकता वितरण गरिएको हो । सदरमुकाम जान दुई तीन दिन हिड्ेर जानु पर्ने बाध्यता तथा घरदैलो नजिक नागरिकता लगाएत सरकारी सेवा पाएपछि सहज भएको बारेकोटबासीले बताएका छन ।


घर आँगनमै नागरिकता बनाउन पाउँदा सहज भएको हो । शिविरमा सुत्केरी महिला देखि बृदबृद्धा, शारीरिक रुपमा अशक्त लगायतले सेवा लिने अबसर पाएका हुन । ६ दिनसम्म संचालन भएको शिविरमा नागरिकता, फोटो सहितको मतदाता नामावली, अपाङ्गता परिचय पत्र, घरेलु उद्योग व्यवसाय दर्ता लगाएतका सेवा प्रवाह भएको गाउँपालिकाले जनाएको छ ।
बारेकोटवासीको बाध्यतालाई मध्यनजर गरी गाँउपालिकाले यसरी पहिलो पटक जिल्ला प्रशासन कार्यालयको सहयोगमा नागरिकता वितरण लगायतका सेवा प्रदान गरेको हो । शिविरमा १,२,३,४,५ र ६ वडाका बासिन्दाको लागि गाउँपालिका केन्द्र लिम्साबाट र ७, ८ र ९ वडाका बासिन्दाको लागि ८ को वडा कार्यालय सेपुखोलाबाट नागरिकता वितराण लगाएतका सेवा प्रवाह गरिएको अध्यक्ष शाहले बताउनु भयो ।

प्रकाशित मितिः ५ चैत्र २०७५, मंगलवार २०:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *