सडक स्तर उन्नतिको अनुगमन गदै मन्त्री खत्री

सुर्खेत, २२ चैत्र ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्क बहादुर खत्रीले बीरेन्द्रनगर नगरपालिका भित्र स्तर उन्नति सुरु भएका विभिन्न सडकहरुको बिहीबार स्थलगत रुपमा अनुगमन गरेका छन् ।

?

भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा स्तरउन्नति सुरु भएका पाँचबटा सडकको अनुगमन गरेका हुन् । मन्त्री खत्रीले पृतना गेटदेखि करेखोला, डावर पुलदेखि सहकारीचोक, भैरवस्थानको कर्णाली राजमार्गदेखि हटलाईनसम्मको सड्कको अनुगमन गरेका हुन ।
अनुगमनको क्रममा उनले ठेक्कामार्फत स्तरउन्नति भइरहेका सडकको कामको निगरानी गर्न स्थानीय बासिन्दालाई आग्रह गरेका छन् ।

 

?

सडकको स्तर उन्नतिमा प्रयोग हुने सामाग्री कमसल हुन सक्ने, गुणस्तरी नहुने भएकोले त्यस्तो कुरालाई स्थानीय बासिन्दाले सर्तकताका साथ हेर्नु पर्नेमा जोड दिए ।
अनुगमनमा मन्त्रीसँग सुर्खेत उपत्यका खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटा, मन्त्रालयका प्राविधिक लगायतको सहभगीता रहेको छ ।मन्त्री खत्री मन्त्रालयको काम सकेर सडक अनुगमनमा गएका थिए ।

प्रकाशित मितिः २२ चैत्र २०७५, शुक्रबार ०६:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *