घाटगाउँमा बृहत खानेपानी आयोजना, ७ सय घरपारिवार लाभान्वित

सुर्खेत, २१ बैसाख ।
पश्चिम सुर्खेतका घाटगाउँमा बृहत खानेपानी आयोजना निर्माण सुरु भएको छ । चौकुने गापालिका वडा न -९ र १० अर्थात साविकको घाटगाउँमा ८ करोड ५० लाख रुपैयाको लागतमा आयोजना निर्माण सुरु भएको हो । कर्णालीको पानी सोलारवाट लिफ्ट गरेर घाटगाउँका ७ सय घरपरिवारको घरघरमा धारा जडान गरिनेछ । २०७६ साल चैत्र महिनाभित्र खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने योजनाका साथ निर्माणको काम भैइरहेको घाटगाउँ बृहत खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका अध्यक्ष गोरखबहादुर शाहीले बताए ।
पानी लिफ्टको लागि अहिले कर्णाली नदिको किनारमा सम्प वयल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सम्प वयलबाट प्रति सेकेन्ड साढे चार लिटर पानी तानेर एक हजार तीन सय मिटर माथी रहेको तामाधारा खोलाको किनारको टंकीमा जम्मा गरिने छ । पानी जम्मा गर्न डेढ/डेढ लाख लिटर क्षमताका इन्टर कनेक्टेड दुई वटा टंकीमा निर्माणको काम पनि सुरु गरिएको छ । पानी तान्न २३ किलोवाटको सोलार समेत जडान गरिएको छ ।


क्रमागत योजनाको रुपमा रहेको खानेपानी आयोजना निर्माण गर्न चौकुने गाउँपालिकाले ५० लाख रुपैया विनियोजन गरेको थियो । भने म्चाचिङ्ग फन्टको रुपमा प्रदेश सरकारले २० लाख दिएको छ । प्रदेश सरकारले दिएको रकममा ४० प्रतिशत रकम गाउँपालिकाले थप गरेको छ । यस्तै संघिय सरकारले दिएको १५ लाख रुपैयामा पनि गाउँपालिकाले ६० प्रतिशत रकम म्चाचिङ्ग फन्टको रुपमा हालेर खानेपानी निर्माणको काम सुरु गरेको छ । खानेपानी आयोजना निर्माणको लागि खानेपानी तथा सरसफाई उपभोक्त महासंघका उपाध्यक्ष तथा सुर्खेत खानेपानी उपभोक्त संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आवश्यक सल्लाह, सुझाव र मार्ग निर्देशन गरिरहेका छन् ।
यो बैसाख महिनाभित्रै सम्प वयल निर्माणको काम सकिने अध्यक्ष शाहीले बताए । सम्प वयल निर्माणको काम सकिन वित्तिकै टान्समिसन लाइन विस्तारको काम सुरु हुन्छ उनले भने, जतिसक्यो छिटो घाटगाउँबासीलाई शुद्ध खानेपानी सेवा दिने लक्ष्यका साथ हामी अघि बढिरहेका छौ ।
यो खानेपानी आयोजना चौकुने गाउँपालिकाको गौरवको आयोजना समेत हो । त्यसैले समयमै आयोजना निर्माण गर्नको लागि गाउँपालिकाले पनि उच्च साचो दिएको छ । सम्प वयल निर्माणसगै पुरानो ७२ हजार लिटरको टंकीबाट विहान र बेलुका तीन/तीन घण्टा सार्वजनिक धारहरुबाट खानेपानी वितरणको व्यवस्था मिलाउन गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले निर्देशन दिएको बताए । गाउँमा सय वटा जति सार्वजनिक धाराहरु छन् उनले भने, घाटगाउँबासी जनतालाई शुद्ध र सफा खानेपानी उपलव्ध गराउन प्रतिवद्ध भएर लागेको छु ।
खानेपानी आयोजना निर्माणपछि वर्षेदेखि खानेपानीको चर्को समस्या भोग्दै आएका घाटागाँउबासीलाई ठुलो राहात हुनेछ । बषैदेखि भेरी र कर्णाली नदिको धमिलो पानी खादै आएका उनीहरुले अब शुद्ध र सफा पानी पाउँनेछन् । नयाँ प्रविधिको प्रयोग गरेर निर्माण थालिएपछि यो खानेपानी आयोजना पश्चिम सुर्खेतकै पहिलो आयोजना भएको बताएको छ । खानेपानीको चर्को समस्या भोग्दै आएका घाटगाउँवासी आयोजना निर्माणको काम सुरु भएपछि निकै खुशी र उत्साहित भएका छन् । स्थानीय समाजसेवी हरि खनालले बर्षेदेखि आफुहरुले भोग्दै आएको खानेपानीको समस्या समाधान हुने गाउँबासीले विश्वास लिएको उल्लेख गरे । हरेक चुनावमा खानेपानी प्रमुख मुद्धा बन्यो । सवै नेताले खानेपानी बनाउँछौ भने तर कसैले पनि बनाएनन् उनले भने, अहिले गाउँपालिकाले निर्माणले बनायो हामी धेरै खुशी र्छौ ।

प्रकाशित मितिः २१ बैशाख २०७६, शनिबार ०७:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *