तरंगाका एकल महिलालाई साडी सहयोग

सुर्खेत, ५ जेठ ।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको तरंगाका ३१ जना एकल महिलालाई साडी प्रदान गरिएको छ । शनिवार तरंगामा भएको निशुल्क स्वास्थ्य शिविरको अवसरमा उनीहरुलाई साडी प्रदान गरिएको हो ।
काठमाडौको जोरपाटीस्थिति सिद्धीदात्री नव दुर्गा भगवति सेवा समितिले तरंगाका विपन्न एकल महिलालाई साडी सहयोग गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताए ।
सामाजिक सेवामा सक्रिय समितिले आर्थिक रुपमा विपन्न, एकल र शारिरीक रुपमा असक्त महिलालाई साडीलगायतका कपडाहरु सहयोग गदै आइरहेको समितिका सचिव समाजसेवी रमा केसी स्वाँरले बताइन् ।
साडी पाएपछि एकल महिलाहरु खुशी भएका थिए । उनीहरुले आफुहरुलाई साडी सहयोग गर्ने सद्धीदात्री नव दुर्गा भगवति सेवा समितिप्रति आभार समेत व्यक्त गरेका थिए ।
विंग्श फाउण्डेसनका अध्यक्ष समेत रहेका बालरोग विशेषज्ञ डा. नवराज केसीको समन्वयमा साडीहरु सुर्खेत ल्याइएको थियो ।
सद्धीदात्री नव दुर्गा भगवति सेवा समितिको अध्यक्ष शान्ति तिवारी, सचिव राम केसी स्वाँर र अनिता जेशीलगायत पदाधिकारीहरु रहेका छन् ।

प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार ०६:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *