संसार देख्न पाउँदा दंग

बद्री पन्त
जाजरकोट १९, जेठ ।
कुशे गाउँपालिका ७, समाकोटका ४८ बर्षिय बिजुले तिरुवा १२ बर्ष अघि देब्रे आँखा बन्द भयो । दाँया आँखाको साहेताबाट घुमफिर गर्दै आएका थिए । दाँया आँखा पनि एक बर्ष अघि बारेकोट गाउँपालिकाको रागाँचौतारीको जंगलमा जडिवुटी संकलन गर्न गएका तिरुवाको आँखा एक्कासी बन्द भयो । उनलाई साथीहरुले घर पुर्याए ।


श्रीमती कौशीला र आमा रतिको सहायतामा दैनिकी चल्दै आयो । दिसा पिसाव गर्न समेत असहज भयो । उनको दुः खका दिन सुरु भए र घरपहिबाट नै अपहेलित भएर बस्नु पर्ने बाध्यता भयो । गत बैशाख २७ गते कुशे ७, समकोट स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ५८ औं वार्षिक उत्ससव उद्घाटन गर्न गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत पुग्नु भएको थियो । तिरुवा पनि कुनातिर बसेका थिए । त्यती नै खेर विद्यालयका प्रधानाध्यापक रामवहादुर शाहीले अध्यक्ष बस्नेतलाई तिरुवाको समस्या दर्साए । अध्यक्ष बस्नेतले सहयोग गर्ने बताउदै तिरुवालाई छिटैनै खलंगा ल्याउन निर्देशन दिनु भयो ।


तत्काल गाउँपालिकाबाट आर्थिक सहयोग जुटाएर तिलगंगा आँखा अस्पताल काठमाडौं पठाइयो । आखाँको मोती विन्दु सफल शल्यक्रिया भयो । तिरुवाले अहिले नयाँ संसार देख्न पाएको बताए । गाउँपालिकाले आफुलाई आर्थिक सहयोग गरेर नयाँ संसार देख्न सक्ने भएको भन्दै गाउँपालिकाका अध्यक्ष बस्नेत मेरो लागि भगवानै हुनु भयो तिरुवाले भने । एक साताको उपचारपछि जाजरकोट सदरमुकाम खलंगा पुगेर आफुलाई संसार देख्न सक्न बनाएको भन्दै शनिबार गाउँपालिकाका अध्यक्ष बस्नेतको घरमै पुगेर धन्यवाद दिए ।
गाउँपालिकाले दुई बर्षको अबधिमा राहत तथा उद्धारकोषबाट झण्डै दुई दर्जन बढीको उपचार गरेर नयाँ जीवन दिन सफल भएको अध्यक्ष बस्नेतले बताउनु भयो । गाउँपालिकाको राहत तथा उद्धारकोषबाट उपचारका लागि दुई बर्षको अबधिमा १७ लाख रकम खर्च भएको अध्यक्ष बस्नेतले बताउनु भयो । तिरुवाको घरमा पाँच जनाको परिवार छ ।

प्रकाशित मितिः १९ जेष्ठ २०७६, आईतवार २०:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *