सोलार बत्ती पाउँदा खुशी

बद्री पन्त
जाजरकोट २१, असार ।
बारेकोट गाउँपालिका ५, कालाखोलीका मुने कामी सोलार बत्ती पाउँदा निकै हर्षित भएका छन् । उनको घरमा अहिले सोलार जडान भएपछि झिलिमिली छ । घरमा बत्ती बलेपछि उनको परिवार खुसिले गदगद भएको छ ।
त्यसैगरी कुशे गाउँपालिका ५, खुर्पाकी माया बादी पनि सोलार पाउँदा खुसि भएकी छन् । बत्ती पाएपछि घर उज्यालो भएको छ, छोराछोरीलाई पढ्नलेख्न सजिलो भएको छ मायाले भनीन् ।
मुने र माया मात्र होइनन् उनीहरु जस्तै ६ सय २६ दलितले सोलार बत्ती पाएका छन् । बर्षौ देखि अ“ध्यारोमा बस्दै आएका जाजरकोटका अति विपन्त दलित समुदाय सोलार पाएपछि हर्षित छन् ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा जाजरकोटको कुशे र बारेकोट गाउपालिकामा रहेका दलित घरपरिवारलाई सोलार बत्ती बितरण गरिएको हो । घर तथा कोठा उज्यालो पार्ने सोलार पाएपछि दलित परिवार अहिले खुशीले गद्गद् भएका छन् ।
विगतमा सल्लाको दियालो, मैनवत्ती, टुकी लगायतको सहारमा उज्यालो गर्न वाध्य उनीहरु सोलारको उज्यालो पाउ“दा खुशीले दंग परेका कुशे ५, खुर्पाका पढे दमाइले बताए ।


कुशे १ मा ३० घर, ३ मा ५७ घर, ४ मा २७ घर, ५ मा ५२ घर, ६ मा २६ घर, ७ मा ३० घर ८ मा ४० र ९ मा ३६ घर ३ सय अति विपन्न दलित घरपरिवालाई सोलार उपलब्ध गराइएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
त्यस्तै बारेकोट गाउपालिका ३ सय २६ दलितले सोलार पाएका छन् । सोलार पाएपछि दलित परिवारका घर झिलीमिली भएका छन् । उज्यालोेबाट बन्चित भई पढ्न नपाएका दलित समुदायका बालबालिकालाई लक्षित गरी सोलार सेट उपलब्ध गराएको अध्यक्ष बस्नेतले बताए ।
गाउपालिकामा विद्युतीकरण नहु“दा दलित मात्र हैन अन्य समुदाय पनि अ“ध्यारोमा बस्न वाध्य रहेका छन् ।
गाउँपालिकाको पहलमा निःशुल्क सोलार पाउदा वर्षौंदेखिको अन्धकार अन्त्य भएको कुशे–५, खुर्पाका अमर विकले बताए ।
सोलारको उज्यालोले स्कुले विद्यार्थीहरुलाई पढ्न लेख्न मात्र हैन अन्य कार्य गर्न सहज भएको छ । २० वाटको उक्त सोलारबाट ३ वटा बत्ती बाल्न, रोडियो बजाउन र मोबाइल चार्ज गर्न सकिन्छ ।
प्रति सेट सोलारको ९ हजार १ सय ५० रुपैंया मुल्य परेको छ । कुशे र बारेकोटमा निःशुल्क वितरण गरेको सोलारको मुल्य ५७ लाख २८ हजार रहेको छ । विजुली नभएको दुर्गम ठाउमा केन्द्रले पुर्ण अनुदानमा सोलार वितरण गर्दै आएको छ । केन्द्रले जाजरकोट लगायत जिल्लाका दलित, विपन्न र सिमान्कृत गरी १५ हजारलाई उक्त सोलार वितरण गर्ने लक्ष्य रहेका जनाएको छ ।

प्रकाशित मितिः २१ असार २०७६, शनिबार ०८:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *