आफ्नै भवनमा वडा कार्यालय

बद्री पन्त
जाजरकोट २९, असार
बारेकोट गाउँपालिकाको ६ स्थानमा वडा कार्यालय भवन निर्माण भएका छन । भाडाको घरमा कार्य सन्चालन गर्दै आएकोमा अव भवन निर्माण भएपछि वडाको सेवा प्रवाहमा सहजता आउने भएको हो ।
९ वडा रहेको बारेकोटमा ६ वटाको भवन वनेको छ भने ३ वटाको आउदो बर्ष वनाउने गरी वजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । बारेकोट १ को रामीडाडा, ३ को मुलसामा, ४ को मौरीभीर, ६ को घर्तीगाउँ, ७ को स्याला र ९ को सक्लामा वडा कार्यालय भवन वनेको शाहले बताउनु भयो ।


एउँटा भवन निर्माणको लागत ५० लाख र जन श्रमदान १४ लाख गरी ६४ लाख लागतमा रहेको छ । २ को रोकायगाउँ, ४ को नायकवाडा र ८ को सेपुखोला वडा कार्यालयको भवन निर्माण कार्य अर्को बर्षमा हुने गाउँपालिकाले जनाएको छ ।
यसैगरी गाउँपालिकाको भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । १ करोड ६४ लाख लागतमा पालिकाको भवन बन्न लागेको हो । दशै अगावै पालिकाको भवन तयार हुनेगरी काम धमाधम अगाडि बढिरहेको छ । भवन नहुदा भाडाको घरमा गाउँपालिकाको दैनिक सेवा प्रवाह भइरहेको अध्यक्ष शाहको भनाइ छ । गाउँपालिकाले सडक, भवन, खानेपानी, सिचाइ, स्वास्थ्य, शिक्षा लगाएत क्षेत्रमा बढी जोड दिएको ७ का वडा अध्यक्ष बसन्त शाहीले बताउनु भयो । बारेकोटबासीले विस्तारै सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने सरकारी नाराबाट परिवर्तनको अनुभुती गर्न थालेको १ का वडा अध्यक्ष द्धारीका प्रसाद बुढाले बताउनु भएको छ ।

प्रकाशित मितिः ३० असार २०७६, सोमबार ०८:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *