एम्नेष्टी समुह- २ को संयोजकमा पन्त

सुर्खेत, ११ श्रावन ।
एम्नेष्टी इन्टरनेश्नल समुह- २ सुर्खेतको संयोजकमा भरतकुमार पन्त चयन भएका छन् । शनिवार बीरेन्द्रनगरमा भएको समुहको साधारण सभाले सर्वसम्मत रुपमा उनलाई संयोजकमा चयन गरेको हो ।


समुहको उप संयोजकमा गोमाकुमारी पौडेल, सचिवमा मनवीर नेपाली, सहसचिवमा राजेन्द्रप्रसाद शर्मा र कोषाध्यक्षमा बिष्णुकुमारी भट्टराई चयन भएकी छन् ।


११ सदसिय समुहको सदस्यमा टीका भट्ट, कौशिला लामिछाने, खगीसरा सुवेदी, जर्नलसिंह ठकुरी, ज्ञानेन्द्रप्रसाद शर्मा र कृष्णप्रसाद भट्टराई रहेका छन् ।


नव निर्वाचित अध्यक्ष भरतकुमार पन्तले समुहलाई नयाँ रुपमा अघि बढाउने बताए । उनले मानव अधिकारको क्षेत्रमा अझ शसक्त भएर लाग्ने समेत उल्लेख गरे ।

प्रकाशित मितिः ११ श्रावण २०७६, शनिबार २१:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *