लवकुशको चौतफी चर्चा

जाजरकोट, १८ श्रावन ।
जाजरकोटको नलगाड नगरपालिका- २, डाँडागाउँको रिजामा राउड टेबुल नेपालले आधुनिक सुविधायुक्त विद्यालय भवन निर्माण गरिरहेका छ ।

भवन निर्माणको जिम्मा लिएको शिलाकन्या देवी कन्स्ट्रक्सनले निर्माणको करिव ७० प्रतिशत काम सकिएको जनाएको छ । कन्स्ट्रक्सनका बिनोद लामाले अवको डेढ महिनाभित्रै निर्माणको काम सकेर भवन गाउँलेलाई हस्तान्तरण गर्ने बताए । उनले भने, ८ महिनाभित्रै निर्माण गरिसक्नु पर्ने हो तर एकदमै छिटो काम भएकोले निर्धारित समयभन्दा अघि नै भवन निर्माण हुन्छ ।


डाडाँगाउँमा विद्यालय भवन बनाउनको लागि लवकुशहरुको योगदान उल्लेखनिय रहेको गाउँलेहरुले बताए । उनीहरुकै करण गाउँमा विद्यालय भवन निर्माण हुदैछ, गाउँलेले भने, राउण्ड टेवल संस्थालाई उहाँहरुले नै डोर्याएर लिनु भएको हो ।
युवा समाजसेवी लवकुश ओलीको विशेष पहलमा जनक आधारभूत विद्यालयको ८ कोठे पक्की भवन निर्माण भैइरहेको छ । राउड टेवलले करिव एक करोड भन्दा बढीको लागतमा दुई तले पक्की भवन निर्माण गरिरहेको पहलकर्ता लव ओलीले बताए । चाडौ सम्पन्न हुने गरी भवन निर्माणको काम तिव्र गतिमा भैइरहेको उनले बताए ।


केही समय अघि आफुहरुले संचालन गरेको लवकुश आर्गनिक हर्वल एग्रो फर्ममा इन्टनसिप गर्न आएका काठमाडौ विश्वविद्यालयका विद्यार्थीमार्फत उक्त संस्थासँग सम्वन्ध जोडिएपछि विद्यालय भवन निर्माणमा सहयोग पुगेको हो ।
भवन निर्माणको लागि स्थानीय बासिन्दाले आ आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको पहलकर्ता लव ओलीले बताए । उनले भने, भवन बनाउन गाउँलेहरुको महत्वपूर्ण भूमिका छ, उहाँहरुले सुरु देखि नै ठुलो सहयोग र साथ दिदै आउनु भएको छ ।


आधुनिक सुविधायुक्त भुकुम्प प्रतिरोधी विद्यालयको भवन निर्माण हुने भएपछि डाडाँगाउँबासी खुशी छन् । गाउँलेले जिर्ण अवस्थामा रहेको विद्यालयलाई नयाँ जीवन दिन आवश्यक पहल गरेकोमा लवकुशप्रति गाउँलेले आभार व्यक्त गरेका छन् । स्थानीय सरकारले समेत गर्न नसकेको काम गरेको भन्दै उनीहरुको चौतफी प्रशंसा भैइरहेको छ ।

प्रकाशित मितिः १८ श्रावण २०७६, शनिबार २०:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *