गणेशजलको अगुवाईमा काँक्रेविहार सरसफाई

सुर्खेत, २ भदौ ।
राष्ट्रिय सम्पदामा सुचिकिृत काँक्रेविहार परिसर तथा पिकनिक स्थलको सरसफाई गरिएको छ । वीरेन्द्रनगर -३, जुम्लोरोडमा रहेको गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले काक्रेविहार सरसफाई गरेको हो ।


सरसफाई कार्यक्रमको सुरुवात गदै काक्रेविहार व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. -९ का वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको सरसफाईलाई अभियानकै रुपमा अघि बढाउनु पर्ने बताए ।


गणेशजल बुहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमकुमार विसीले सहकारीले सामाजिक कामहरुलाई अभियानकै रुपमा संचालन गरिरहेको बताए ।


संस्थाका व्यवस्थापक रंगा बहादुर सिंहले काक्रेविहार क्षेत्रलाई सफा राख्न सके थप पर्यटक आर्कषित गर्न सकिने उल्लेख गरे ।


यस्तै संस्थाका सचिव अशोक राजीले राष्ट्रिय सम्पदा सुचिकिृत काक्रेविहार परिसरमा हरेक ३ महिनामा एक पटक सरसफाई गर्ने जानकारी दिए ।

प्रकाशित मितिः २ भाद्र २०७६, सोमबार ०८:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *