जाजरकोटमा वजार अनुगमन म्याद गुर्जेका खाद्य बस्तु नष्ट

माया पन्त
जाजरकोट १४, असोज
दशैँ, तिहार लगायतका चाडवाडमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जाजरकोटको अगुवाइमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियत्रण कार्यालय, भेरीगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी, पत्रकार सहितको टोलीले सोमबार सदरमुकाम क्षेत्रमका गैरीखाली, शान्तिचौतारा, ठाटी, तल्लो थाप्ले लगाएतका ठाउँमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनु भयो ।
बजारमा म्याद गुर्जेका चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरलवाटर, विस्कुट लगाएत खाद्य बस्तु नष्ट छ । मदिरा, सुर्तीजन्य बस्तु, खाद्य तथा दैनिक उपभोग्य बस्तु, औषधी, निर्माण समाग्री लगाएतको नियमित अनुगमन गरीने प्रजिअ पन्तले बताउनु भयो । पहिलो पटक व्यापारीलाई मौखिक सचेत गरेको र दोस्रो पटक यही अवस्था दोहोरीए उपभोक्ता हकहित संरक्षण ऐन २०७५ बमोजिम तत्काल जरिवाना गर्ने प्रजिअ पन्तको भनाइ छ । ऐनको दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवाप्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल पाँच हजार रुपैयाँदेखि बढीमा तीन लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्वस्था छ ।
संविधानको अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोके पनि जाजरकोटका सात वटै स्थानीय तहले बजार अनुगमनलाई खासै महत्व दिन सकेका छैनन । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहेको छ । जाजरकोट जिल्लामा वर्षेनी ठूलोमात्रामा अखाद्य वस्तु विक्री वितरण हुँदै आएको छ । यहाँको बजार क्षेत्रमा खासै उक्त अखाद्य वस्तु बिक्री वितरण नहुने गरे पनि यहाँका ठूलो डिलर व्यापारीहरुले गाउँघरमा उक्त म्याद सकिएको अखाद्य वस्तु बिक्री वितरणका लागि पठाउने गरेका छन । बजारमा मुल्य सुची नराख्ने, इजाजत विना मदिरा विक्री वितरण गर्ने, एउटै पसलमा मदिरा तथा खाद्य बस्तु विक्री वितरण गर्ने, मुल्य एक रुपता नहुन्, मनोमानी मुल्य हुनु, तोकेका तौल नहुने अनुगमनबाट फेला परेको प्रजिअ पन्तले बताउनु भयो ।

प्रकाशित मितिः १४ आश्विन २०७६, मंगलवार १४:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *