सिंगै बस्ती पहिरोको जोखिममा

बद्री पन्त
जाजरकोट १६, असोज ।।
लगातारको बर्षापछि पहिरो जादा जाजरकोटको नलगाड नगरपालिका ३, ल्हारखेतमा दुई घर भत्किएकेका छन । भने चार घर पहिरोको उच्च जोखिममा परेका छन ।
नलगाड नगरपालिका ३, ल्हारखेतका दलबहादुर पुनले दुई बर्ष अघि ७ लाख खर्चेर चार कोठे घर निर्माण गरेका थिए । उनको घर विहीवार पहिरोले छिनभरमै भत्कायो । यसैगरी स्थानीय दिलमाया पुनको एक बर्ष अघि निर्माण गरेको चार कोठे घर पनि पहिरोले भत्काइदियो । पुन परिवार यतिबेला घर न घाटको जस्तै भएका छन । पहिरोले उनीहरुको घर मात्र क्षेती गरेन बाख्रा हुल्ने खोर, २ वटा शौचालय पनि पहिरोले भत्कायो ।
उनीहरु विस्थापित भएर गाउँ नजिकै आफ्न्तको घरमा बसेका छन । उनीहरुको ६ जनाको परिवार मात्र होइन स्थानीय भुमिलाल पुन, लक्ष्मी प्रसाद शर्मा, मुकुन्द शर्मा र गोपाल पुन लगाएतका चार घर पहिरोको उच्च जोखिममा परेका छन ।
पहिरोले बस्ने घर क्षेती गरेपछि कहाँ बस्ने, केखाने भन्ने चिन्ताले सताएको पहिरो पिडित दिलमाया पुनले बताउनु भयो । अन्य स्थानमा घर जग्गा नहुदा समस्या भएको छ । विकास गर्ने नाउमा घरबार विहिन बन्नु परेको उनीहरुको गुनासो छ ।
बस्ती माथि भीरालो पाखामा जथाभावि सडक खन्दा भिरालो बस्ती पहिरोको उच्च जोखिममा परेको हो । छेप्का कैना सडक तथा झुमराखोलाको कटानको कारण पहिरो गएको हो । घर देखि तल २ सय मिटरको पहिरो गएको हो । घरमा माथिबाट जमिन चिराचिरा परेर धाँजा फाटेको छ । पहिरो जाने क्रम रोकिएको छैन । पहिरोले कैना छेप्का सडक भएर आउजाउ गर्ने मुख्य बाटो समेत अबरुद्ध बनाएको छ । पहिरोले ल्हारखेत, सानावन गाउँ जोखिमा परेको वडा सदस्य बिष्णुबहादुर घर्तीले बताउनु भयो ।


त्यसैगरी पहिरोले सोही वडाको बाँगेदाराका डम्बर थापा र ललित थापाको घर पहिरो जोखिमा परेको छ । सानाबन गाउँका ३० घरपरिवार पहिरोले क्षेती गरेको जोखिम पुर्ण स्थानमा बस्दै आएका छन ।
यहाँका स्थानीयको अन्य स्थानमा घर नहुदा पहिरो प्रभावित क्षेत्रमा बस्नु परेको छ । नलगाड ४ औलका स्थानीय लालबहादुर सार्की, शान्तबहादुर सार्की, जयबहादुर सार्की लगाएतका घर पनि पहिरोको जोखिममा परेका छन ।
कतीखेर पहिरो जान्छ, घर चारैतिरको जमिन भासिदै गएको छ स्थानीय लालबहादुर सार्कीले बताउनु भयो । त्रृण दाम गरेर बनाएको घर पहिरोले लिना लाग्यो, कहाँ जाने कहाँ बस्ने भन्ने चिन्ता छ सार्कीले भन्नु भयो ।
विकास गर्ने नाउमा जथाभावी डोजरले अन्दाधुन्द सडक खन्दा बाढी पहिरोले विपती निम्त्याएको स्थानीयको भनाइ छ । भिरालो भुवनोट भएको जमिन धाँजा फाटेर चिराचिरा परेको छ । यसले गर्दा सबै तिरको बस्ती उच्च जोखिममा रहेका छन ।
पहिरोले मकै, धान, कोदोबाली तथा फलफुलकामा समेत ठुलो क्षेती पुर्याएको छ । यसैगरी नगरपालिका ८ को बगारा बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको छ ।
बस्ती माथि खनिएको जिकुवा हलचौर सडकको कारण ३५ घर जोखिम परेका छन । यस पालिको दशै तिहार जस्ता चाडवाड पहिरो पिडितका लागि खल्लो हुनेभएको छ ।

प्रकाशित मितिः १६ आश्विन २०७६, बिहीबार २३:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *