अपांगता परिचयपत्र नहुदा सरकारी सुविधाबाट वञ्चित

बद्री पन्त
जाजरकोट ७, कार्तिक
जाजरकोटको बारेकोट गाउँपालिका ८, लैखम गाउँकी ५८वर्षीया सरस्वती उपाध्याय खत्रीको जलबिन्दु रोगबाट दुवै आँखाको ज्वती गुमेको २० बर्ष वित्यो । उपचारको नेपाल लगात भारतको विभिन्न अस्पतालमा पुगे पनि आँखाको उपचार सफल भएन । खत्री अहिले दृष्र्टि विहिन जीवन विताइ रहेकी छन । गत बैशाखमा नेपाली नागरिकताको प्रमाणपत्र वनाएकी खत्री अपांग परिचयपत्र नहुँदा सरकारी सेवा सुविधाबाट भने वञ्चित भएकी हुन । सरकारी सेवाबाट वर्षौंदेखि वञ्चित छन खत्री ।


अपांगता परिचयपत्र नहुदा सामाजिक सुरक्षा भत्तालगायत सेवा पाउन अपांगता भएकी खत्रीलाई समस्या भएको हो । बर्षाै देखि घरमै कष्टकर जीवन विताउनुको पिडा उनले सुनाइन । घरबाट यताउता कतै जानै सकिदैन, घरपरिवारको बोझ बनेर बाच्चु भन्दा मर्नु नै थियो काल पनि आउदै उनले भनिनन् । दैनिक चर्पी जानआउन भित्र बाहिर गर्न पनि बोकेरै लिनु पर्छ छोरा रणबहादुरले भने । आमाको दुवै आँखा बन्द भएको २० बर्ष भयो । एक जनाको काम आमालाई स्हार गर्नमै वित्छ, उनले भने । अहिलेसम्म आमाको अपांग परिचयपत्र बनाउन समेत सकिन । सामान्य अपांगले भत्ता खान्छन उनले भने । स्थानीय सरकारले समेत अपांगका लागि घरदैलोमै पुगेर सेवाप्रवाह गर्न नसक्दा खत्री जस्तै धेरैलाई समस्या छ ।
गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले ९ वटै वडामा रहेका अपांगता भएका ब्यक्तीहरुको तथ्याङक संकलनको काम भइ रहेको छ भन्दै उनीहरुको पहिचान गरेर अपांग भत्ताको सेवा प्रदान गरिने बताउनु भयो । बारेकोटमा ४ दर्जनबढीले अपांगता भत्ता पाउने गरेका छन ।

प्रकाशित मितिः ७ कार्तिक २०७६, बिहीबार १२:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *