बद्री पन्त
जाजरकोट १४, माघ
जाजरकोटमा सडक विस्तारको काम धमाधम अगाडि वढेपछि बजारीकरण तीव्र रुपमा वढ्न थालेको छ । बजार क्षेत्रको विस्तार भएपछि व्यापार व्यवसाय पनि फस्टाएको छ । पहिले दुर्गम गाउँबाट सदरमुकाम खलंगा आउन जान विकट बाटो भएर हप्तादिन हिँडेर खलंगा पुग्नुपथ्र्यो तर अहिले हप्तादिन हिडेर आउनेजाने समस्याको विस्तारै हट्दै गएको छ । जिल्लाका विभिन्न स्थानहरु विस्तारै सडक सञ्जालसंग जोडिदै गएपछि अहिले धमाधम बजार क्षेत्र विस्तार भइरहेका छन् ।
जिल्लाको चिसापानी, कालिमाटी, दल्ली, मन्मै, मैदे, चौखा, दामाचौर, पाँचकाटिया, फुलचाउँली, घाट, कैना ,सेपुखोला ,थलह, मोर्क ,छेडा, फेरा लगाएतका ठाउँहरु यतीबेला बजार क्षेत्रका रुपमा विस्थार भएका छन । बजार क्षेत्रमा पक्की घर निर्माणको काम धमाधम भई रहेका, जग्गाको मुल्य बढेको तथा सामानहरु सहजै रुपमा पाउने गरेको छ । वजारीकरण वढेपछि बजार क्षेत्रको चहल पहल बढ्नुको साथै आर्थिक कारोबार तथा व्यापार व्यवसाय बढेको नलगाड नगरपालिका ११ चौखाका किशोर मल्लले बताउनु भयो ।
बजार क्षेत्र विस्तार भएपछि यसबाट राम्रो सुविधा पुगेको बताउनु हुन्छ नलगाड नगरपालिका १२ तल्लुबगरमा होटल व्यवसाय गर्दै आउनु भएकी देवि बाँनीया । स्थानीय सरकारले बजार क्षेत्रमा गुरुयोजना बनाएर बस्ती विकास तथा भौतिक पुर्वाधार निर्माणमा जोड दिनु आवश्यक छ ।