लिडरसिप तालिम संचालन 

भरत गौतम
सुर्खेत, २७ माघ ।
सुर्खेतमा लिडरसिप तालिम संचालन  भएको छ । नोभा हेल्पिङ फाउन्डेसनकाे आयोजनामा ”अ लिडरसिप वर्कसप” सुर्खेतकाे वीरेन्द्रनगरमा सुरु भएको छ । फाउन्डेसनकाे अध्यक्ष सुमित काफ्लेकाे सभापतिमा भएको कार्यक्रम  वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीकाे विशेष अतिथि र वीरेन्द्रनगर नगरपालिका कार्यपालिका लेखा समितिका सदस्य उपेन्द्र खड्काकाे प्रमुख अतिथि हुनु हुन्थ्यो ।
वर्कसपकाे उत्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुविदीले भने ” कर्णालीका युवाहरू क्षमता भएर पनि पछि परेका छन् युवाहरूले आफ्नो क्षमता अनुसारकाे सीप सहितकाे रोजगारी दिन आवश्यक रहेको बताउनुभयो ” यस्तो कार्यक्रम ले जसबाट युवाहरूकाे क्षमता विकास र दक्ष जनशक्ति तयार हुने भएकाले यस्तो कार्यक्रमहरू आयोजना हुनुपर्नेमा जोड दिनुभएको छ ।
यस्तैगरि कार्यक्रमकाे  प्रमुख अतिथि  वीरेन्द्रनगर नगरपालिका कार्यपालिकाका लेखा समितिका सदस्य  उपेन्द्र खड्काले “युवाहरूले अवसर नपाएकोमा चिन्ता वक्त गर्नु भए । फाउन्डेसनले विगतमा पनि धेरै राम्रो काम गरेको छ भविष्यमा पनि राम्रो काम गर्ने छ भन्ने आशा गरेको छु ” खड्काले भने ।
कार्यक्रम भोलि सम्म सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष सुमित काफ्लेले बताउनुभयो । कार्यक्रममा विभिन्न कलेजहरूबाट करिब ५० जना युवायुवतीहरूकाे सहभागिता रहेको छ ।
 फाउन्डेसनले विशेषगरि युवा तथा बालबालिकाहरूलाई लक्षित गर्दै र समाजमा रहेका विकृति विरूद सम्बन्धित जानकारी र समाजिक कार्य गर्दै आएकाे छ ।
प्रकाशित मितिः २७ माघ २०७६, सोमबार ११:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *