विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

तस्वीर प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर सिंहको फेसवुकबाट ।

बद्री पन्त
जाजरकोट
सिटिजन्स इन्टरनेसल बैंक जाजरकोटले नलगाड नगरपालिका दल्लीमा रहेको त्रिभूवन माध्यामिक विद्यालयलार्य एक लाख रुपैया सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत विद्यालयलाई उक्त रकम प्रदान गरिएको बैकका कर्मचारी केशव गौतमले बताए ।
बैंकले दिएको रकमबाट छिटोभन्दा छिटो प्रयाप्त शुद्ध खानेपानीको व्यवस्था गर्ने विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर सिंहले बताए । विद्यालयलाई सहयोग गरेकोमा उनले सिटिजन्स बैंकप्रति आभार पनि व्यक्त गरेका छन् ।

प्रकाशित मितिः ११ फाल्गुन २०७६, आईतवार ०५:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *