नेपाल वाल पोलिक्लिनिक सुर्खेतले सेवा थप गरेको छ । नयाँ व्यवस्थापनका साथ वाल पोलिक्लिनिक बाल तथा महिला प्रसुती सेवा पोलिक्लिनिकको रुपमा परिणत भएसँगै सेवा सुविधा पनि विस्तार गरिएको हो ।
बीरेन्द्रनगरमा रहेको क्लिनिकले बिहिवारबाट महिला प्रसुती सेवा थप गरेको जनाएको छ । सेवा विस्तारसँगै केही समय महिला तथा प्रसुति सेवा निशुल्क दिने सेवा दिने दिपक गौतमले बताए ।
बालबालिका सम्वन्धी डा. नवराज केसी र डा. भविस्य श्रेष्ठ, महिला तथा प्रसुती रोगको उपचार डा. सजिप्ता पन्त गर्नेछन् । क्लिनिकमा सुरक्षित गर्भपतन र स्तरीय फार्मेसी सेवा पनि थपिएको क्लिनिकले जनाएको छ ।