सुशासनका लागि युवा

भरत गौतम
नेपाल युवा संस्था सञ्जाल आयोन र अन्तराष्ट्र्रिय फाउण्डेसन फर इलोक्ट्रोल सिस्टमले बीरेन्द्रनगरमा सुशासनका लागि युवा कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रममा लोकतान्त्रिक पद्धतिमा युवाको भूमिका , शासन सम्वन्धि संस्थाहरुको जानकारी, युवामा आत्मविश्वासको विकास, अधिकार तथा जिम्वेवारी जस्ता विषयमा छलफल गरिएको छ ।


आयोनका बरिष्ठ उपाध्यक्ष तुलसिराम चौलागाई, आयोनका कार्यक्रम निर्देशक अनिल उपाध्याय, आइफेसका कार्यक्रम संयोजक सविन बुढाथोकी, खिम रेग्मी र चरित्रा केसीले प्रशिक्षण दिएका थिए ।
तीन दिन सम्म सञ्चालन भएको कार्यक्रममा बीरेन्द्रनगर, लेकबेसी र भेरीगंगा नगरपालिका २५ जना सहभागि थिए ।

प्रकाशित मितिः १७ फाल्गुन २०७६, शनिबार ०७:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *