नलगाडको कायखेतमा निशुल्क स्वास्थ्य शिविर

बद्री पन्त
यही फागुन २४ र २५ गते हुने जाजरकोट नलगाड नगरपालिका ८ कायखेतमा दुई दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
शिविरमा जनरल फिजिसियन, बालरोग, छाला तथा यौनरोग, स्त्रीरोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीले बताए ।
शिविरमा जनरल ओपिडी, परिवार नियोजन सेवा र परामर्श सेवा पनि दिइने उनले जानकारी दिए ।

शिविरमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ डाक्टरहरुले उपचार गर्ने भएकोले यो अवसरलाई सदुपयोग गर्न पनि उनले सुझाव दिएका छन् ।
शिविरमा खगेनकोट, रग्दा, भगवति र रुकुमको आठवीसकोट नगरपालिकाका बासिन्दाले सेवा लिने नलगाड ८ का वडाध्यक्ष गोविन्द शाहीले बताए ।
शिविर संचालनको लागि आवश्यक प्रचार प्रसारका साथै औषधी किन्ने लगायतका तयारीहरु भैइरहेको छन् ।स्वास्थ्य सेवा कार्यालय जाजरकोटले आयोजना गर्ने शिविरको समन्वय नलगाड नगरपालिकाले गरेको हो ।

प्रकाशित मितिः १७ फाल्गुन २०७६, शनिबार ०८:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *