सुर्खेतको बीरेन्द्रनगरमा यही चैत्र १ गतेदेखी प्रथम मेयरकप फुटबल प्रतियोगीता हुने भएको छ। जिल्ला फुटबल संघ सुर्खेतले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ।
बीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल संघको आयोजना प्रतियोगिता संञ्चालन हुन लागेको हो।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुरुहुने प्रतियोगीतामा वीरेन्द्रनगरका १६ वडाका टिमले सहभागीता जनाउने भएका छन।
प्रतियोगिता सञ्चालनको लागी झन्डै चार लाख ७० हजार लागत लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा विजेतालार्इ ५१ हजार र उपविजेता ३१ हजार पुरस्कार उपलब्ध गराउने जिल्ला फुटबल संघ सुर्खेतले बताएको छ।
त्यसैगरी विभिन्न पाँच वटा विधामा उत्कृष्ट खेलाडीलार्इ समना ५/५ हजारका दरले पुरुस्कार वितरण गरिने छ भने प्रत्येक दिन खेलमा राम्रो प्रदर्शन गर्नेलार्इ म्यानअफद म्याच घोषणा गरेर दुर्इ हजार पाँच सय उपलब्ध गरार्इने छ।
संघका अध्यक्ष जनक बहादुर रावलले भौतिक संरचनाको अभावका कारण जिल्लामा खेलकुदका गतिविधिहरु संञ्चालन गर्न नसकेको बताउनुभयो।,
उहाँले नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको भन्दै आगामी बर्षदेखी वीरेन्द्रनगरसहित जिल्ला बाहिर पनि खेलकुदका गतिविधि संञ्चालन गरिने बताउनुभयो।
अध्यक्ष रावलले आगामी दिनमा विभिन्न खाल्का लिगहरुको आयोजनाको लागी स्थानिय सरकार र प्रदेश सरकारसंग समन्वय गर्ने उल्लेख गर्नुभयो।
यसैबिच जिल्ला फुटबलसंघले र्इन्टरनेशनल फुटबल एकेडेमीलार्इ खेल साम्रगी वितरण गरेको हो।
खेलाडीहरुलार्इ खेलकुदप्रति आकर्षण गर्ने उदेश्यले पोशाक वितरण गरिएको हो।