ज्ञानोदय विद्यालयमा सरसफाई

जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका -४, बाउसेखोलामा रहेको ज्ञानोदय प्राथमिक विद्यालयको परिसर अभिभावकले सरसफाई गरेका छन् ।


उनीहरुले करेसावारी निर्माणको साथै दुईकोठे फोहोर खाडल पनि खनेको विद्यालयका प्रधानाध्यापक सेतेन्द्र बोहराले बताए ।


सफा र सुन्दर विद्यालय बनाउनको लागि अभिभावकले आफ्नो सक्रियता बढाएको पनि उनले जनाए ।


नयाँ शैक्षिक सत्रसँग अभिभावकको सहभागीतामा नयाँ खालका अभियान पनि संचालन गर्ने विद्यालयले जनाएको छ । तस्वीरहरु सेतेन्द्र बोहरा 

प्रकाशित मितिः २१ फाल्गुन २०७६, बुधबार ०६:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *