वडाको सेवा आफ्नै भवनबाट

बद्री पन्त
जाजरकोट ३, चैत
बारेकोट गाउँपालिका ९ को सक्लामा वडा भवन निर्माण सम्पन्न भएको छ । भवन वनेपछि स्थानीयलाई वडा पालिकाबाट सरकारी सेवा प्रवाह गर्न धेरै सहज भएको वडा अध्यक्ष शसिराम गौतमले बताउनु भएको छ । यसअघि स्थानीय विमला शाहीको घर भाडामा लिएर तीन बर्षसम्म वडाको सेवा प्रवाह गरियो अध्यक्ष गौतमले भन्नु भयो । भवन निर्माणका लागि गाउँपालिकाको ५० लाख अनुदान र १६ लाख जनश्रमदान गरी जम्मा ६४ लाख लागतमा ८ कोठे भवन निर्माण भएको हो ।


गाउँमै वडापालिका सन्चालनमा आएपछि स्थानीय बासीन्दालाई सहज सुविधा पुगेको स्थानीय रेनुका शाहीले बताउनु भएको छ । सक्लाबासीले गाउँबाटै सरकारी सेवा सुविधा पाएपछि विस्थारै परिवर्तनको अनुभुती गर्न थालेका छन, शाहीले भन्नु भयो । स्थानीय बासिन्दालाई विभिन्न काम गर्नकै लागि सदरमुकाम खलंगा धाउनु पर्ने वाध्यता हटेको छ । सदरमुकामबाट पाउने सेवासुविधा गाउँमै पाइने भएपछि विगतको वाध्यता अन्त्य भएको स्थानीय नारायण गौतमको भनाइ छ ।
सक्लाबासीलाई विगत जस्तै सामान्य काम गर्नकै लागि सदरमुकाम जानु पर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । स्थानीयले सहज रुपमै सरकारी सेवा गाउँमै पाउँन थालेपछि गाउँगाउँमा सिंह दरबारको अधिकार आएको अनुभुती गर्न थालेका छन । भौगोलिक विकटता र आर्थिक विपन्नता धेरै भएको बारेकोटका वस्तीहरु क्रमश सडक संजालमा जोडिदै गएका छन । विकासमा विकटता मात्र होइन स्थानीय कृषि उत्पादनमा पनि राम्रो सम्भावना वोकेको गाउँपालिका बारेकोट ।

प्रकाशित मितिः ३ चैत्र २०७६, सोमबार १५:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *