नमुना परीक्षण गर्दा नेगेटिभ

सुर्खेत
कोरोना भाइरस संक्रमणको आशंका गरिएका सुर्खेतका दुई जनामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । एक जना ३७ बर्ष र अर्को एक जना २ बर्षको बालकको नमुना परिक्षण गर्दा संक्रमणको पुष्टि नभएको प्रदेश अस्पताल सुर्खेतका डाक्टर नवराज केसीले बताए ।


उनीहरुमा माइनर खालको फ्लु देखिएको र शंकास्पद बिरामीको नमुना परीक्षण गर्दा नेगेटिभ पाइएको उनको भनाई छ ।  विदेशीसँग सम्पर्कका कारण कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंका प्रदेश अस्पतालले पहिलो पटक उनीहरुको नमुना केन्द्रीय प्रयोगशालामा परीक्षणको लागि पठाएको थियो ।

प्रकाशित मितिः ६ चैत्र २०७६, बिहीबार ०६:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *